HomeFeatureभूकम्पको पाँच वर्ष पूरा हुँदा समेत पुननिर्माणको काम पूरा हुन सकेन

भूकम्पको पाँच वर्ष पूरा हुँदा समेत पुननिर्माणको काम पूरा हुन सकेन

काठमाण्डौँ, 24 अप्रेल

2072 सालमा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको पाँच वर्ष पूरा भएको छ। गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर 2072 साल वैशाख 12 गते आजकै दिन 7 दशमलव 8 म्याग्नेच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी देशभर 8 हजार 7 सय 90 मानिसको मृत्यु भएको थियो। यस्तै 20 हजारभन्दा बढी नागरिकहरु घाइते भएका थिए। भूकम्पका कारण गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर गरी 14 लिल्लामा सबैभन्दा धेरै क्षति भएको थियो। भूकम्पबाट समग्रमा 32 जिल्लामा क्षति पुगेको थियो। भूकम्पबाट मानविय क्षतिसँगै घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवन, सडक, खानेपानी लगायतका पूर्वाधारमा खर्बौं रुपैयाँ बराबरको क्षति भएको थियो। भूकम्पबाट 8 लाखभन्दा बढी निजी घर, 7 हजार 5 सय 53 विद्यालय, 1 हजार 1 सय 97 स्वास्थ्य संस्था, 9 सय 20 सम्पदा, 4 सय 15 सरकारी भवन, 2 सय 16 वटा सुरक्षा निकायका संरचना, 7 सय 62 किलोमिटर सडक र 1 हजार भन्दा बढीको संख्याका खानेपानी आयोजनामा क्षति पुगेको थियो। खर्बौंको नोक्सानी हुनेगरी क्षति भएका भौतिक संरचनाहरुको पुननिर्माणको काम भूकम्पन गएको पाँच वर्ष पुग्दा समेत सम्पन्न हुन सकेको छैन्।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले अहिलेसम्म 4 लाख 94 हजार 44 निजी आवास निर्माण भइसकेको र 1 लाख 90 हजार 1 सय 45 पुननिर्माणको चरणमा रहेको गरी 88 प्रतिशत प्रगति भएको जनाएको छ। तर अझैपनि करिब 70 हजार निजी आवासको प्रबलीकरणको काम भने बाँकी छ। यस्तै अहिले सम्म 74 प्रतिशत विद्यालय अर्थात 5 हजार 5 सय 98 विद्यालयको पुननिर्माण सम्पन्न भएको र 1 हजार 4 सय 92 विद्यालय पुननिर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ। 1 हजार 1 सय 97 क्षतिग्रस्त स्वास्थ्य संस्था मध्ये अहिलेसम्म 6 सय 69 वटाको पुननिर्माण सम्पन्न भएको छ भने 1 सय 45 पुननिर्माणको चरणमा छन्। 32 जिल्लामा क्षतिग्रस्त 9 सय 20 सम्पदा मध्ये 4 सय 2 वटाको मात्र पुननिर्माण सम्पन्न भएको छ भने 1 सय 41 पुननिर्माणको चरणमा छन्। तर महत्वपूर्ण धरोहरहरु धरहरा, रानीपोखरी, काष्ठमाण्डप, सिंहदरबार, नुवाकोट दरबार लगायतका सम्पदाहरुको पुननिर्माणको काम भने अझै बाँकी छ। 4 सय 15 सरकारी भवन मध्ये 3 सय 49 वटाको पुननिर्माण भएको छ। 49 वटा पुननिर्माणको चरणमा छन्। यस्तै 1 सय 94 सुरक्षा निकायका संरचनाको पुननिर्माण सम्पन्न भइसकेको र 22 वटा पुननिर्माणको चरणमा छन्। यस्तै 7 सय 62 किलोमिटर सडक पुननिर्माण गर्नुपर्नेमा अहिले सम्म 4 सय 43 किलोमिटर सडकको पुननिर्माण सम्पन्न भइसकेको छ। यस्तै खानेपानी तर्फ 1 हजार खानेपानी योजनाको पुननिर्माण सम्पन्न भएको छ भने 1 सय वटा पुननिर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...