काठमाण्डौँ, 24 अप्रेल
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति तथा पूर्व-प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ। उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।
प्रधानमन्त्री ओलीले देउवालाई छलफलका लागि बालुवाटार बोलाउनु भएको थियो। मन्त्रिपरिषद्मार्फत विवादास्पद अध्यादेश फिर्ता लिएकै दिन प्रधानमन्त्री ओलीले देउवासित गरेको छलफललाई अर्थपूर्ण मानिएको छ।









































