HomeFeatureपछिल्लो 24 घण्टमा भेटिएनन् कोरोना संक्रमित, अहिलेसम्म 58 हजार बढीको परीक्षण

पछिल्लो 24 घण्टमा भेटिएनन् कोरोना संक्रमित, अहिलेसम्म 58 हजार बढीको परीक्षण

काठमाण्डौँ, 30 अप्रेल

गत 24 घण्टामा पीसीआर र आरडीटी विधिबाट परीक्षण भएका करिब 17 सय वटा नमुनाहरु नेगेटिभ आएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो 24 घण्टामा परीक्षण भएका 1 हजार 6 सय 82 वटामा सबैको नेगेटिभ आएको हो। अहिलेसम्म नेपालमा 57 जना संक्रमित रहेको मन्त्रालयका प्रवक्त डा. विकास देवकोटाले बताउनुभयो। अहिले सबैभन्दा बढी विराटनगरमा 31 जना उपचाररत रहेका छन्। यसैगरी विरगञ्जमा 8 र भरतपुर तथा कैलालीमा 1/1 जना उपचाररत रहेका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

अहिलेसम्म पीसीआर विधिबाट 12 हजार 11 नमुना परीक्षण भएका छन्। आरडीटी विधिबाट 46 हजार 8 सय 60 वटा नमुना परीक्षण भएका छन्।

प्रदेश नम्बर 1 मा 4 हजार 9 सय 85, प्रदेश नम्बर 2 मा 5 हजार 4 सय 56, बागमती प्रदेशमा 8 हजार 3 सय 61 नमुना परीक्षण भएका छन्। यसैगरी प्रदेश नम्बर गण्डकी प्रदेशमा 5 हजार 4 सय 11, प्रदेश नम्बर 5 मा 3 हजार 7 सय 9, कर्णाली प्रदेशमा 5 हजार 4 सय 36 र सुदूरपश्चिम प्रदेशमा 13 हजार 4 सय 11 वटा आरडीटी परीक्षण भएको प्रवक्त देवकोटाले बताउनुभयो। अहिले देशभरी नै 23 हजार हजार 3 सय 36 जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा 3 र उपत्यका बाहिर अस्पतालमा 77 गरी 80 जना आइसोलेसनमा रहेका छन्।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झलक गौतमले गत वर्षको पौषदेखि अहिलेसम्म 1 सय 85 जना दादुराका विरामी भेटिएको बताउनुभयो। झापा, सर्लाही, धादिङ, काठमाडौं, ललितपुर, चितवन र गोरखामा 4 महिनादेखि 40 वर्षसम्मका व्यक्तिमा संक्रमण देखिएको उहाँले बताउनुभयो। 1 सय 85 जनामध्ये धादिङ 2 जना बालबालिकाको दादुराका कारण मृत्यु भएको छ।

सबैभन्दा बढी प्रकोप देखिएको धादिङमा यहि बैशाख 17 गतेबाट 23 सम्म खोप दिन सुरु गरिएको छ। प्रकोप देखिएको क्षेत्रमा रहेका 6 महिना दखि 15 वर्षम्मका 20 हजारलाई खोप दिइने उहाँले बताउनुभयो।

नियमित खोप सेवा सञ्चालन गर्दा भिडभाड नगरी निश्चित दुरी कायम गर्न, खोप सेवा लिदन आउने अभिभावक र बालबलिकाको कोभिडसँग सम्बन्धित स्क्रिनिङ र सोधखोज गर्न सरकारले स्वास्थ्य संस्थाहरु आग्रह गरेको छ। कुनै व्यक्तिमा कोरोना संक्रमण संकास्पद देखिए जाँचका लागि आवश्यक सल्लाह दिएर उपचारका लागि पठाउन र सेवा दिँदा सर्जिकल मास्क र ग्लोबको प्रयोग गर्ने, साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने पनि स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...