HomeFeatureभारतीय क्वारेन्टिन बसेका 23 सय बढी नेपालीहरूलाई स्वदेश भित्र्याइयो

भारतीय क्वारेन्टिन बसेका 23 सय बढी नेपालीहरूलाई स्वदेश भित्र्याइयो

दार्चुला, 30 अप्रेल/ हिम शाह

गत महिनादेखि भारतको पिथौरागढस्थित धार्चुला र आसपास क्षेत्रहरूमा क्वारेन्टिन बसेका  नेपाली मजदुर आज स्वदेश भित्रिन पाएका छन्। क्वारेन्टिन अवधि सकिए पनि नेपाल प्रवेको अनुमती नपाउँदा समस्यामा परेका उनिहरुको बिहिबार दार्चुलाका 2 र बैतडीको 1 गरी 3 वटा नाकाबाट स्वदेश फर्काइएको छ। जिल्ला प्रशासनल कार्यालय दार्चुलाका अनुसार दत्तु र खलङ्गा नाकाबाट आज 13 सयभन्दा बढी मजदुरहरूको उद्धार गरिएको छ। बैतडी, बझाङका नागरिकलाई दत्तु नाकाबाट प्रवेश गराईएको छ, भने दार्चुलालगायत अन्य जिल्लाका नागरिकहरूलाई खलङ्गा नाकामार्फत् स्वदेश भित्र्याइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो।

उद्धारपछि स्वस्थ्य जाँच गर्दै अधिकांशलाई आजै गन्तव्यमा पठाइएको उहाँले बताउनुभयो।  कैलाली र कञ्चनपुर सहित केही पूर्वी जिल्लाका नागरिकलाई भने खलङ्गाकै क्वारेन्टिनमा राखिएको प्रशासनले जनाएको छ।

त्यस्तै आज बैतडीको झुलाघाट नाकाबाट पनि मजदुरहरूलाई प्रवेश अनुमती दिइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार झुलाघाट नाकाबाट आज 1 हजार 50 बढीको उद्धार गरिएको छ। उनीहरुलाई सम्बन्धित पालिकाहरुमा पठाउने क्रम जारी रहेको प्रहरी कार्यालयले जनाएको छ। उनीहरुलाई स्थानीय तहले नै क्वारेन्टिनको व्यवस्था गर्नेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...