HomeFeatureअदालतबाट धरौटीमा रिहा भएलगत्तै व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ

अदालतबाट धरौटीमा रिहा भएलगत्तै व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ

काठमाण्डौँ, 30 अप्रेल

काठमाडौँ जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगत्तै व्यवसायी सुलभ अग्रवाललाई प्रहरीले पुनः पक्राउ गरेको छ। ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको मुद्दामा धरौटीमा रिहा भएका अग्रवाललाई प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंले सम्पत्ति शुद्विकरण मुद्दामा अग्रवाललाई पक्राउ गरेको हो। जिल्ला अदालतका न्यायधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई 25 लाख 50 हजार धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतबाट रिहा भएलगत्तै पुनः प्रहरीले पक्राउ गर्नु अदालतको अपहेलना भएको अग्रवालको तर्फबाट बहस गरिरहेका अधिवक्ता परशुराम कोइरालाले बताउनुभयो। कुनै पनि पक्राउ पुर्जि नलिएर अदालत परिसरबाटै पक्राउ गर्नु कानूनको उपहास भएको उहाँले बताउनुभयो।

अग्रवाल विरुद्ध कलोबजारी तथा सामाजिक अपराध अन्तर्गत तीन वटा मुद्दा दार्ता भएको अधिवक्ता कोइरालाले बताउनुभयो। अदालतले प्राप्त प्रमाणको आधारमा जेष्ठ 18 गते अदालतमा हाजिर हुनेगरी धरौटीमा रिहा गरेपनि विना पूर्जी प्रहरीले पुनः पक्राउ गरेको उहाँको भनाई छ। अग्रवाललाई गत चैत 25 गते 5 हजार पर्ने थर्मल गन 15 हजार रुपैयाँ बेच्न खोजेको भन्दै महानगरिय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको थियो। पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट 7 दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो। त्यसपछि 2 पटक गरी प्रशासन कार्यालयबाट 22 दिन म्याद थप भएको थियो। अग्रवाल विरुद्ध जिल्ला अदालतमा बुधबार मात्रै मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...