नयाँ दिल्ली डेस्क, 30 अप्रेल
कोरोना भाइरसबाट विश्वभरीमा अहिलेसम्म 2 लाख 29 हजार 179 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 32 लाख 44 हजार 520 पुगेको छ भने, 10 लाख 16 हजार 268 जना उपचारपछि ठिक भएका छन्।
कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 61 हजार 680 जनाको ज्यान गएको छ भने, संक्रमितको संख्या 10 लाख 64 हजार 819 पुगेको छ। अमेरिकापछि इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। त्यहाँ अहिलेसम्म 27 हजार 682 जनाको ज्यान गएको छ भने, 2 लाख 3 हजार 591 जनामा संक्रमणको पुष्टि भएको छ। त्यसैगरी स्पेनमा अहिलेसम्म 24 हजार 543 जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या इटालीभन्दा बढी 2 लाख 39 हजार 639 पुगेको छ। त्यसैगरी फ्रान्समा अहिलेसम्म 24 हजार 87 जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 66 हजार 420 पुगेको छ।
चीनमा कोरोना संक्रमितहरूको संख्या 82 हजार 862 पुगेको छ। 4 हजार 633 जनाले ज्यान गुमाएका छन्, भने अहिलेसम्म 77 हजार 610 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। 619 जनाको उपचार चलिरहेको छ।
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रति दिन बढिरहेको छ। भारतमा अहिलेसम्म 33 हजार 610 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 1 हजार 79 पुगेको छ। 8 हजार 437 जना उपचारपछि सञ्चो भएका छन्।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या 57 पुगेको छ। पछिल्लो 24 घण्टामा नेपालमा एक जना पनि नयाँ संक्रमित भेटिएका छैनन्। त्यसैगरी अहिलेसम्म 16 जना उपचारपछि पूर्ण रूपमा स्वस्थ्य भएर घर फर्किएका छन्।









































