HomeFeatureलकडाउनको आज 43 औँ दिन, सडकमा सवारी साधनको चाप, प्रहरीद्वारा चेकजाँचमा कडाई

लकडाउनको आज 43 औँ दिन, सडकमा सवारी साधनको चाप, प्रहरीद्वारा चेकजाँचमा कडाई

काठमाण्डौँ, 5 मे 2020

कोरोना भाइरस (काभिड-19) संक्रमणको जोखिम न्यूनिकरण एवम् रोकथामका लागि जारी भएको लकडाउनको आज 43 औँ दिन पुगेको छ। गत चैत 11 गतेदेखि सुरु भएको लकडाउनको 43 दिनसम्म आइपुग्दा जनजीवन प्रभावित भएको छ तर प्रहरीले लकडाउनलाई पूर्ण पालना गराउन चेकजाँचलाई कडाई गरेको छ। मंगलबार काठमाडौँ उपत्यकाका केही भागमा पुग्दा लकडाउनको पूर्ण पालना भएको देखिएन। एयरपोर्ट, कोटेस्वर, तिनकुने, बानेस्वर, माइतिघरलगायतका ठाउँमा प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको देखियो। तर सडकमा अत्यावश्यक सवारी साधन, कर्मचारीका सवारी साधन, ढुवानीका सवारी साधनको चाप बढेको देखिन्छ। अत्यावश्यक र पासबाहक सवारी सवारी साधनको भिड बढ्दै गएको छ। प्रहरीले चेकजाँचलाई कडाई गरेसँगै सवारी साधनहरुको लामो लाइन देख्न सकिन्छ। अनावश्यक रुपमा सञ्चालन गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै उपत्यकाका भित्रि सडकहरुमा पनि केही पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर दैनिक उपभोग्य सामग्रीहरु किनमेल गरेको देखिन्छ।

सरकारले यही बैशाख 25 गते बिहीबारसम्म लकडाउनको घोषणा गरेको छ। कोरोना भाइरस (कोभिड-19) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार बस्ने र लकडाउन लम्ब्याउने या स्वरुप परिवर्तन गर्ने विषयमा छलफल गरी सरकारलाई सुझाव दिने बुझिएको छ। नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या 82 पुगेको छ। यस्तै 16 जना निको भइसकेका छन। अहिलेसम्म पीसीआर प्रविधिबाट 13 हजार 6 सय 47 परीक्षण गरिएको छ भने 50 हजार 8 सय 45 आरडीटी परीक्षण गरिएको छ। देशभर 21 हजार 5 सय 23 जना क्वारेन्टाइनमा रहेका छन भने 1 सय 6 जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...