नयाँ दिल्ली, 6 मे 2020
समाजवादी पार्टी नेपाल सम्वद्ध प्रवासी संगठन, प्रगतिशील नेपाली समाज भारतले भारतमा अलपत्र परेका नेपालीहरुलाई छिटो भन्दा छिटो नेपाल फिर्ता पुऱ्याउने व्यवस्था गर्न माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै समाजले कोरोना रोकथामका लागि भारत सरकारले गरेको लकडाउनका कारण भारतमा लाखौं नेपालीहरु अलपत्र परेको अवस्थामा उनिहरुलाई नेपाल फिर्ता पठाउन विशेष भूमिका निर्वाह गर्न दिल्लीस्थित नेपाली राजदूतावासको पनि ध्यानाकर्षण गरेको छ ।

भारत सरकारले लकडाउनलाई मे 17 सम्म बढाएको अवस्थामा आफु रहकै स्थानमा रहन पनि सम्पूर्ण प्रवासी नेपालीहरुलाई आग्रह गरेको छ। यसका साथै फेक समाचार र गलत सूचनाका कारण समस्या झनै बढ्न सक्ने भन्दै समाजले त्यस्ता समाचारको पछाडी नलाग्न पनि अपील गरेको छ ।









































