Homeसमाचारभारतमा अलपत्र नेपालीहरूको उद्धारको माग गर्दै नेजस उत्तर भारत क्षेत्रद्वारा मुख्यमन्त्रीलाई ज्ञापन

भारतमा अलपत्र नेपालीहरूको उद्धारको माग गर्दै नेजस उत्तर भारत क्षेत्रद्वारा मुख्यमन्त्रीलाई ज्ञापन

धनगढी, 7 मे 2020

भारतमा फसेका नेपाली नागरिकहरुको उद्धार र राहतको माग गर्दै नेपाली जनसम्पर्क समिती उत्तर भारत क्षेत्रले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन्। भारतमा रहेका नेपालीहरुको ज्यानको सुरक्षाका लागि सरकार उदासीन नदेखिएका बेला नेजस केन्द्रीय समिति र उत्तर भारत समितिले भारतमा नेपालीहरुले भोगीरहेको समस्याबारे गम्भीर ध्यानाकर्षण गराउँदै राहत प्याकेजको घोषणा गर्न पनि माग गरेका छन्।

सुदुर पश्चिम प्रदेश सरकार मार्फत संघीय सरकार र भारतका लागि नेपाली राजदुतावस र सात वटै प्रदेश सरकारलाई गम्भिर ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका महासचिव खगेन्द्रबहादुर सिंहले बताउनु भयो।

कोराना रोकथामका लागि गरिएको लकडाउनका कारण भारतमा मजदूरी गर्न गएका हजारौंँ नेपालीहरु रोजगारविहीन भएको र विभिन्न शहरहरुमा अलपत्र पर्नुका साथै भोकभोकै मर्ने अवस्था आएकाले उनिहरुका लागि राहतको व्यवस्था गर्न अनुरोध गरेको सिंहले बताउनुभयो। भारतमा समस्यामा परेका मध्ये अधिकांश नेपालीहरु सुदूरपश्चिम प्रदेशकै भएकाले पनि सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विशेष आग्रह गरिएको उहाँले बताउनुभयो।

नेपाली काँग्रेस बाजुरा जिल्लाका सभापति कविराज पण्डित र नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि पूर्णबहादुर सिंहको उपस्थितिमा नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका महासचिव खगेन्द्रबहादुर सिंहले ज्ञापन-पत्र बुझाउनु भएको हो।
ज्ञापन पत्र बुझ्दै सुदुरश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारतमा अलपत्र परेका नेपालीहरुको अवस्थाबारे आफु जानकार रहेको र समस्या समाधानका लागि प्रदेश सरकारले संघीय सरकारसँग छलफल गरिरहेको बताउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...