नयाँ दिल्ली डेस्क, 7 मे 2020
वैश्विक महामारी कोरोना भाइरसबाट अहिलेसम्म 2 लाख 65 हजार 899 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 38 लाख 48 हजार 834 पुगेको छ भने, अहिलेसम्म 13 लाख 16 हजार 807 जना उपचारपछि ठिक भएका छन्।
कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 74 हजार 813 जनाको ज्यान गएको छ भने, संक्रमितको संख्या 12 लाख 63 हजार 697 पुगेको छ। ब्रिटेनमा अहिलेसम्म 30 हजार 76 जनाको ज्यान गएको छ, भने 2 लाख 1 हजार 101 जना संक्रमित भएका छन्। इटालीमा अहिलेसम्म 29 हजार 684 जनाको ज्यान गएको छ भने, 2 लाख 14 हजार 457 जनामा संक्रमणको पुष्टि भएको छ। त्यसैगरी स्पेनमा अहिलेसम्म 26 हजार 70 जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 2 लाख 56 हजार 855 पुगेको छ। त्यसैगरी फ्रान्समा अहिलेसम्म 25 हजार 809 जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 74 हजार 191 पुगेको छ।
चीनमा कोरोना संक्रमितहरूको संख्या 82 हजार 885 पुगेको छ। 4 हजार 633 जनाले ज्यान गुमाएका छन्, भने अहिलेसम्म 77 हजार 957 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। भने 295 जनाको उपचार चलिरहेको छ।
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रतिदिन बढिरहेको छ। भारतमा अहिलेसम्म 53 हजार 45 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 1 हजार 787 पुगेको छ। 15 हजार 331 जना उपचारपछि सञ्चो भएका छन्।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या 99 पुगेको छ। अहिलेसम्म 22 जना उपचारपछि पूर्ण रूपमा स्वस्थ्य भएर घर फर्किएका छन्।









































