नयाँ दिल्ली डेस्क, 8 मे 2020
भारतको राजधानी नयाँ दिल्लीमा एक जना नेपाली युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपाल स्थायी घर सुदूरपश्चिम प्रदेशको बैतडी भई हाल दिल्लीको आजातपुर सब्जिमण्डी बस्दै आएका 23 वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो। दिल्लीमा फलफुल सप्लायर्सको काम गर्दै आएका ती युवकमा कोरोना भाइरसको लक्षण देखिएपछि हिजो राति 3 बजे अस्पताल लगिएको थियो। थ्रोट स्वाब परीक्षण गर्दा उनमा कोभिड-19 पोजेटिभ देखिएको हो।
अहिले उनि शुल्तानपुरीस्थित एक अस्पतालमा छन्, त्यहाँ उनलाई भर्ना गरेर उपचार प्रक्रिया सुरू गरिने सुदूरपश्चिमेली नेपाली समाज भारतका कोषाध्यक्ष महादेव भट्टले जानकारी दिनुभयो। अहिले संक्रमित अवस्था सामान्य रहेको पनि उहाँले बताउनुभयो। उहाँले यस विषयमा दिल्लीस्थित नेपाली दूतावासका राजदूत निलाम्बर आचार्यलाई फोन गरेर जानकारी गराएको बताउनुभयो।









































