HomeFeatureकोशी प्रादेशिक अस्पतालमा उपचाररत 8 जनाले जिते कोरोना विरूद्धको लडाई

कोशी प्रादेशिक अस्पतालमा उपचाररत 8 जनाले जिते कोरोना विरूद्धको लडाई

काठमाण्डौँ, 8 मे 2020

कोशी प्रादेशिक अस्पताल विराटनगरमा उपचाररत 8 जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएका मध्ये 7 जना नेपाली र 1 जना भारतीय नागरिक रहेका छन्। 7 जनामध्ये 1 महिला छन्। कोशी अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. संगीता मिश्रले उनिहरूको पछिल्लो कोरोना परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताउनुभयो। डिस्चार्ज भएकामध्ये महिलालाई उयदपुर पठाइने र अन्य पुरुषहरुलाई विराटनगरमै राखिने बताइएको छ। कोशी अस्पतालमा अझै 17 जना संक्रमित उपचाररत छन्। अघिल्लो पटक 6 जना डिस्चार्ज भएका थिए।

अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट मिश्रले आजै क्वारेन्टिनमा बसेका र कोभिड अस्पतालमा खटिएका पहिलो चरणका स्वास्थ्यकर्मी घर गएको जानकारी दिनुभयो। अस्पतालले कोभिड अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई 21 दिन क्वारेन्टिनमा बस्ने व्यवस्था गरेको थियो।

नेपालमा कोरोना संक्रमितहरूको कुल संख्या 101 पुगेको छ। जसमध्ये अहिलेसम्म 30 जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यसअघि डिस्चार्ज भएका वीरगञ्जका 2 जना र काठमाडौँका 1 व्यक्तिमा पुनः कोरोना पोजेटिभ आएपछि उनिहरु चिकित्सकको निगरानीमा छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...