नयाँ दिल्ली, 9 मे 2020
वैश्विक महामारी कोरोना भाइरसबाट अहिलेसम्म 2 लाख 76 हजार 880 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 40 लाख 38 हजार 672 पुगेको छ भने, अहिलेसम्म 14 लाख 2 हजार 323 जना उपचारपछि ठिक भएका छन्।
कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 78 हजार 622 जनाको ज्यान गएको छ, भने संक्रमितको संख्या 13 लाख 22 हजार 223 पुगेको छ। ब्रिटेनमा अहिलेसम्म 31 हजार 241 जनाको ज्यान गएको छ, भने 2 लाख 11 हजार 364 जना संक्रमित भएका छन्। इटालीमा अहिलेसम्म 30 हजार 201 जनाको ज्यान गएको छ, भने 2 लाख 17 हजार 185 जनामा संक्रमणको पुष्टि भएको छ। त्यसैगरी स्पेनमा अहिलेसम्म 26 हजार 478 जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 2 लाख 62 हजार 783 पुगेको छ।
चीनमा कोरोना संक्रमितहरूको संख्या 82 हजार 887 पुगेको छ। 4 हजार 633 जनाले ज्यान गुमाएका छन्, भने अहिलेसम्म 78 हजार 48 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। त्यसैगरी 208 जनाको उपचार चलिरहेको छ।
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रतिदिन बढिरहेको छ। भारतमा अहिलेसम्म 59 हजार 881 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 1 हजार 990 पुगेको छ। 17 हजार 956 जना उपचारपछि सञ्चो भएका छन्।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या 109 पुगेको छ। अहिलेसम्म 31 जना उपचारपछि पूर्ण रूपमा स्वस्थ्य भएर घर फर्किएका छन्, भने 78 जनाको उपचार चलिरहेको छ।









































