HomeFeatureडेढ महिनापछि खुलेको शेयर बजार 25 अंकको गिरावटका साथ बन्द

डेढ महिनापछि खुलेको शेयर बजार 25 अंकको गिरावटका साथ बन्द

काठमाण्डौँ, 12 मई 2020

लकडाउन लागू भएपछि पहिलो पटक खुलेको शेयर बजारमा निर्धारित समय अघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ। लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेको र शेयर बाजरमा उच्च गिरावट हुने अनुमान सहित नियामक निकाय धितोपत्र वोर्डले परिसूचक नेप्सेमा दुई प्रतिशत तलमाथि भए कारोबार बन्द गर्ने नयाँ व्यवस्था लागू गरेको थियो। सोही व्यवस्था अनुसार 2 घण्टाका लागि खोलिएको बजारमा 1 घण्टा 23 मिनेट सम्म कारोबार हुँदा नेप्सेमा नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ। नेप्से 2 दशमलव 02 प्रतिशतले घटेपछि आजका लागि कारोबार स्थगित भएको हो। डेढ महिनापछि खुलेको बजारमा नेप्से परिसूचक 25 अंक अर्थात 2 दशमलव 02 प्रतिशतले घटेर 1 हजार 226 दशमलव 15 अंकमा बन्द भएको छ।

सेन्सेटिभ परिसूचक पनि  दशमलव 99 प्रतिशतले घटेको छ। बजारमा 87 कम्पनीको 291 कारोबारबाट 10 करोड 43 लाख 72 हजार 646 रुपैयाँको 1 लाख 6 हजार 312 कित्ता शेयर कारोबार भएको छ। सबै भन्दा बढी घट्ने समूहमा बैंकिङ, जीवन बीमा र अन्य समूह रहेका छन्। सबैभन्दा धेरै कारोबार नागरिक लगानी कोषको 8 करोड 88 लाख 57 हजार रुपैयाँ बढीको भएको छ। कारोबारमा आएका कुनै पनि कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छैन भने जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै 22 दशमलव 38 प्रतिशतले गुमाएका छन्। सबैभन्दा धेरै कारोबार भएको नागरिक लगानी कोषका शेयरधनीले पनि झण्डै 3 प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...