HomeFeatureभारतमा 45 दिन क्वारेन्टाइन बसेका 200 बढी नेपालीहरूलाई स्वदेश भित्र्याइयो

भारतमा 45 दिन क्वारेन्टाइन बसेका 200 बढी नेपालीहरूलाई स्वदेश भित्र्याइयो

कञ्चनपुर, 12 मई / हिम शाह

भारतमा 45 दिन क्वारेन्टाइन बसेका 242 जना नेपालीलाई स्वदेश ल्याइएको छ। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उनिहरूलाई नेपाल ल्याइएको हो। आइतबार र सोमबार राति गरी 2 दिन सीमावर्ती भारतीय बजार वनवासाको स्कूलमा क्वारेन्टाइन बसेका 251 जनामध्ये पहिलो दिन 75 र सोमबार राति 167 जनालाई भारतीय पक्षसित समन्वय गरी स्वदेश फिर्ता ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले वनवासामा 45 दिन क्वारेन्टाइनमा बसेका नागरिकलाई भारतीय पक्षसित समन्वय गरी स्वदेश ल्याइएको जानकारी दिनुभयो। उनीहरुलाई भीमदत्तनगरस्थित वैजनाथ माध्यमिक विद्यालयमा राखेर आरडीटीका लागि नमूना सङ्कलन कार्य भइरहेको उहाँले जानकारी दिनुभयो।

परीक्षणमा कोरोना नदेखिए पनि सम्बन्धित पालिकामा कम्तीमा 8 दिन क्वारेन्टाइन बस्ने गरी पठाउने काम हुँदैछ,’ उहाँले भन्नुभयो, ‘यहाँ आरडीटी र पीसीआरका लागि नमूना संकलन भइरहेको छ।’ उहाँले आइतबार आएकामध्ये धेरैलाई सम्बन्धित पालिकाको क्वारेन्टाइन पठाइसकिएको बताउनुभयो। ‘भारतमा एक राज्यबाट अर्को राज्य जान खुकुलो बनाएपछि नेपालीहरु सीमामा आउने क्रम बढ्यो,’ उहाले भन्नुभयो, ‘हामीले सतर्कताका साथ काम गरिरहेका छौं।’

भारतीय पक्षले क्वारेन्टाइनबाट घर जान अनुमति दिएका नागरिकले प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरी यहाँको क्वारेन्टाइनमा कोरोना जाँचका लागि राख्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...