HomeFeatureनेप्से 2 प्रतिशतले घटेपछि आजपनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द

नेप्से 2 प्रतिशतले घटेपछि आजपनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द

काठमाण्डौँ, 13 मई 2020

शेयर बजारमा परिसूचक नेप्से 2 प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ। कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक 40 मिनेट नपुग्दै 2 प्रतिशतले घटेर बन्द भएको छ। नेपाल धितोपत्र बोर्डले लकडाउनको बेलामा दिनको 2 घण्टा बजार खोल्न सक्ने र नेप्सेमा 2 प्रतिशतको उतारचढाव भए 1 दिनका लागि कारोबार बन्द गर्ने व्यवस्था गरेको छ।  सोही व्यवस्था अनुसार आज पनि बन्द हुने समय अघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको हो।

नेप्से परिसूचक 2 प्रतिशत अर्थात 24 दशमलव 58 अंकले घटेर 1 हजार 2 सय 1 दशमलव 57 अंकमा बन्द भएको छ। सेन्सेटिभ परिसूचक पनि 2 दशमलव 01 प्रतिशतले घटेको छ। यस्तै 74 वटा कम्पनीको 211 करोबारबाट 36 लाख 13 हजार 523 रुपैयाँ बराबरको 10 हजार 5 सय 26 कित्ता शेयर खरिद विक्री भएको छ। कारोबारमा आएका 11 वटै समुहका सूचकहरु घटेका छन्। यस्तै कारोबार भएका सबै कम्पनीको शेयर मूल्य पनि घटेको छ। सबै भन्दा धेरै कारोबार नेपाल टेलिकमको 8 लाख 62 हजार 9 सय 50 रुपैयाँको भएको छ। यस्तै लक्ष्मी बैंक र तारागाउँ रिजेन्सी होटलका शेयरधनीले 3 प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...