HomeFeatureलकडाउनको 51 औँ दिन पूरा, सडकमा सवारी साधनको चाप, कोरोना संक्रमणको जोखिम

लकडाउनको 51 औँ दिन पूरा, सडकमा सवारी साधनको चाप, कोरोना संक्रमणको जोखिम

काठमाण्डौँ, 13 मई 2020

कोभिड-19 संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज 51 औं दिन पुगेको छ। गत चैत 11 गतेदेखि जारी गरिएको लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले आइतबारदेखि विभिन्न 42 प्रकारका उद्योग व्यवसायहरु सञ्चालन गर्न स्वीकृति दिएको छ। सरकारले उक्त निर्णय गरेसँगै सडकमा सवारी साधनको चाप बढेको छ। बुधबार काठामाडौं उपत्याकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनको पालना भएको पाइएको छैन्। विभिन्न उद्योग, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीका सवारी साधनको चाप अत्याधिक छ। मंगलबार देशका विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण बढेपछि भने जनजीवन फेरी प्रभावित भएको छ। तरपनि सरकारले सामाजिक दुरी कायम गराउन उपयुक्त निर्णय गर्न नसक्दा सडकमा सवारी चाप बढेको छ। सडकमा समेत विगतमा भन्दा मानिसहरुको आवागमन केही बाक्लो देख्न सकिन्छ। विभिन्न खाद्य पसल, औषधि पसल लागयतका सबै खालका पसलहरु सञ्चालनमा आएका छन्। यस्तै मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर अत्यावस्यक वस्तुहरु किनमेल गरिरहेका छन्।

सरकारले गत साता खाद्यान्न, उत्पादन र प्रशोधन, दुध तथा दुग्धजन्य पदार्थ, औषधि पसल, खानेपानी उत्पादन, पाउरोटी, विस्कुट र कन्फेक्सनरी र पशु औषधि र कीटनाशक औषधि लगायत सञ्चालन गर्ने पाउने निर्णय गरेको थियो। बालुवा प्रशोधन तथा क्रसर, सिमेन्ट, जस्तापाता, विद्युत उत्पादन, फोहोरमैला सङ्कलन तथा प्रशोधन, वर्कसप, छानाखाना तथा प्रेससम्बन्धि उद्योग लगायतका क्षेत्र सञ्चालन छन्। शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्री वितरण गर्ने व्यवसायिक मलहरु र होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न नपाइने निर्णय सरकारले गरेको छ।

यस्तै उपत्यकामा सवारी सञ्चालनको लागि आइतबार देखि टाइम कार्डको व्यवस्था गरेको थियो। जसले गर्दा बिहान 9 बजेदेखि 11 बजेसम्म र दिउसो 4 बजेदेखि साँझ 6 बजेसम्म सवारी साधनको चाप अत्याधिक हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...