HomeFeatureनेपालमा कोरोना संक्रमितको संख्या 219 पुग्यो, 35 जना सन्चो भए, अहिलेसम्म 81...

नेपालमा कोरोना संक्रमितको संख्या 219 पुग्यो, 35 जना सन्चो भए, अहिलेसम्म 81 हजार 659 परीक्षण

काठमाण्डौँ, 13 मई 2020

गत 24 घण्टामा कोरोना भाइरसको 3 हजार 49 वटा नमुना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत 24 घण्टामा 2 हजार 3 सय 57 पीसीआर र 6 सय 92 वटा आरडीटी परीक्षण भएका छन्। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट 21 हजार 3 सय 40 वटा नमुना परीक्षण भएका छन्। आरडीटी विधिबाट 60 हजार 3 सय 19 वटा परीक्षण भएका छन्। प्रदेश नम्बर 1 मा 8 हजार 3 सय 20, प्रदेश नम्बर 2 मा 5 हजार 9 सय 37 र बागमती प्रदेशमा 9 हजार 3 सय 63 वटा आरडीटी परीक्षण भएको छ। यसैगरी गण्डकी प्रदेशमा 6 हजार 5 सय 26 प्रदेश नम्बर 5 मा 7 हजार 2 सय 21, कर्णाली प्रदेशमा 7 हजार 2 सय 29 र सूदुरपश्चिम प्रदेशमा 15 हजार 7 सय 23 वटा आरडीटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो।

बुधबार थप 2 जनामा कोरोना संक्रमण देखिएको छ। प्रवक्ता देवकोटाका अनुसार नयाँ संक्रमण देखिनेमा बाँकेका 36 वर्षिय पुरूष र कपिलवस्तुका 22 वर्षिय पुरुषमा संक्रमण देखिएको हो। बाँकेका पुरुषको धुलिखेल, कपिलवस्तुको पुरुषको टेकुमा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो। यो सँगै नेपालमा संक्रमितको संख्या 2 सय 19 पुगेको छ। जसमा 1 सय 76 जना पुरुष र 43 महिला रहेका छन्। कोरोनाबाट सबैभन्दा बढी प्रदेश नम्बर 2 प्रभावित भएको छ। त्यहाँ 96 जनामा संक्रमण देखिएको छ। यसैगरी प्रदेश नम्बर 5 मा 72 र प्रदेश नम्बर 1 मा 35 जनामा संक्रमण देखिएको छ। बागमती प्रदेशमा 9, सूदुरपश्चिम प्रदेशमा 5 र गण्डकी प्रदेशमा 2 जनामा संक्रमण देखिएको छ। अहिलेसम्म कर्णाली प्रदेशमा कोरोनाको संक्रमण देखिएको छैन्।

देशभरीका विभिन्न क्वारेन्टिनमा 14 हजार 3 सय 13 जना रहेका छन्। प्रदेश नम्बर 1 मा 9 सय 59,  प्रदेश नम्बर 2 मा 1 हजार 5 सय 74, बागमती प्रदेशमा 1 सय 1 र गण्डकी प्रदेशमा 2 सय 79 जना क्वारेन्टिनमा रहेका छन्। यसैगरी प्रदेश नम्बर 5 मा 6 हजार 9 सय 89, कर्णाली प्रदेशमा 1 हजार 5 सय 63 र सुदूरपश्चिम प्रदेशमा 2 हजार 8 सय 48 जना क्वारेन्टिनमा रहेका छन्।

अहिले देशका विभिन्न अस्पलालमा 2 सय 45 जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन्। प्रदेश नम्बर 1 मा 21, प्रदेश नम्बर 2 मा 98, बागमती प्रदेशमा 25 (उपत्यकामा 6 समेत गरी) र प्रदेश नम्बर 5 मा 1 सय 1 जना आइसोलेसनमा रहेका छन्।

बुधबार बुटवलका 25 वर्षिय पुरुष 11 औं दिन र चितवनबाट 63 वर्षिया महिला 25 औ दिनमा डिस्चार्ज भएका छन्। यो सँगै उपचारपछि निको भएर डिस्चार्ज हुने व्यक्तिको संख्या 35 पुगेको छ।

सरकारले स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षामा ध्यान दिन आग्रह गरेको छ। नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएपछि व्यक्तिगत सुरक्षामा ध्यान दिएर उपचारमा संलग्न हुन आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...