काठमाण्डौँ, 17 मई 2020
भारतले नेपाल सरकारलाई कोरोना भाइरस परीक्षण गर्ने पीसीआर टेस्ट किट सहयोग स्वरुप उपलब्ध गराएको छ। भारत सरकारले कोरोना भाइरस परीक्षण गर्ने 30 हजार पीसीआर टेस्ट किट आइतबार नेपाल सरकारलाई उपलब्ध गराएको छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्थास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त पीसीआर टेस्ट किट उपलब्ध गराउनु भएको हो।
माई ल्याबले उत्पादन गरेको उक्त परीक्षण किट प्याथोडिटेक्ट कोभिड-19 क्वालिटेटिभ आरटी पीसीआर टेस्ट किट रहेको छ। पीसीआर किट बुझ्दै मन्त्री ढकालले आफै पनि अप्ठेरो परिस्थितिमा रहेको बेलामा समेत सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो। उहाँले कोरोना भाइरस विरुद्धको लडाईमा भारतले सहयोग गरिरहेको सम्झदै अन्य औषधि जन्य वस्तुहरुको सहज आपूर्ति व्यवस्था मिलाउनसमेत राजदूत क्वात्रालाई आग्रह गर्नुभयो।
भारतले गत वैशाख 10 गते कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने 23 टन स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको थियो।









































