HomeFeatureनेपालमा कोरोनाबाट दोस्रो मृत्यु, अहिलेसम्म 291 जना संक्रमित

नेपालमा कोरोनाबाट दोस्रो मृत्यु, अहिलेसम्म 291 जना संक्रमित

काठमाण्डौँ, 17 मई 2020

नेपालमा कोरोना भाइरस (कोभिड—19) बाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। आइतबार बाँकेको क्वारेन्टाइनमा रहेका 25 वर्षीय पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नरैनापुर 5 का 25 वर्षीय युवकको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो।

गत वैशाख 30 गते भारतबाट आएका ती युवकमा गए रातिबाट ज्वरो र झाडापाखाला लगायतका समस्या देखिएको थियो। उनको आज बिहान क्वारेन्टाइनमै निधन भएको हो। उनको स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो। घटनाको विवरण आउन बाँकी रहेको उहाँले बताउनुभएको छ।

यसअघि धुलिखेल अस्पतालमा 29 वर्षीया सुत्केरी महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो। धुलिखेल अस्पतालमा निधन भएकी महिलाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ। सोही क्रममा उपत्यकाका विभिन्न स्थानमा 4 सय बढीको नमुना परीक्षणको तयारी मन्त्रालयले गरेको छ। जसमा 150 जनाको पीसीआर र 250 जनाको आरडीटी परीक्षणका लागि नमुना संकलन सुरु भएको उहाँले बताउनुभयो।

आइतबारसम्म संक्रमितको संख्या 291 पुगेको छ। 36 जना उपचारपछि निको भएर घर फर्किएका छन्। गत 24 घण्टामा पीसीआर विधिबाट 1 हजार 469 वटा नमुना परीक्षण भएका छन्। आरडीटी विधिबाट 2 हजार 20 वटा गरी जम्मा 3 हजार 489 वटा परीक्षण भएका छन्। अहिलेसम्म पीसीआर विधिबाट 28 हजार 160 र आरडीटी विधिबाट 67 हजार 769 वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो।

प्रवक्ता देवकोटाका अनुसार उपत्यकामा 35 र बाहिर 311 गरी 346 जना आइसोलेसनमा रहेका छन्। अहिले देशभरी 18 हजार 357 जना क्वारेन्टाइनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...