HomeFeatureकोरोना संक्रमणको आशंकामा कैलालीका 4 जना आइसोलेशनमा

कोरोना संक्रमणको आशंकामा कैलालीका 4 जना आइसोलेशनमा

कैलाली, 17 मई 2020/ हिम शाह

कोरोना भाइरस संक्रमणको आशंकामा कैलालीका 4 जनालाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। कैलालीको कैलारी गाउँपालिका 1 हसुलियाकी 27 वर्षीया महिला, धनगढी उप–महानगरपालिका वडा नम्बर 5 का 30 वर्षीय पुरुष, उनकी 29 वर्षीया श्रीमती र धनगढी उपमहानगरपालिका 13 का 30 वर्षीय पुरुषलाई आइसोलेसनमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार उनिहरुको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको छ। आइसोलेसनमा भर्ना भएका मध्ये हसुलियाकी 27 वर्षीया महिलामा ज्वरो तथा श्वास-प्रश्वासमा समस्या देखिएको छ। ती महिलाका भाई 2 महिनाअघि देहरादुनबाट आएको बुझिएको छ। धनगढीका 30 वर्षीय पुरुष डेढ महिना अघि मलेसियाबाट आएका थिए। ती पुरुषमा डाईरिया र उनकी श्रीमतीमा घाँटी तथा छाती दुख्ने समस्या देखिएपछि आफै अस्पताल पुगेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो।

यस्तै गेटाका 30 वर्षीय पुरुषमा ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...