HomeFeatureलकडाउन भएपछि पुष्प व्यवसाय पनि ठप्प, बजार पूर्ण रुपमा बन्द

लकडाउन भएपछि पुष्प व्यवसाय पनि ठप्प, बजार पूर्ण रुपमा बन्द

काठमाण्डौँ, 

कोरोना भाइरस (कोभिड-19) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भएपछि पुष्प व्यवसाय पनि प्रभावित भएको छ। बजार पूर्ण रुपमा बन्द छ। कुनैपनि औपचारिक कार्यक्रमहरु भएका छैनन्। जसले गर्दा फुलको माग शुन्य छ। फुलको माग नै नभएपछि अहिले यस क्षेत्रमा दैनिक 1 करोड रुपैयाँभन्दा बढी नोक्सानी भएको छ। कोरोना भाइरस (कोभिड-19) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको अवधि झण्डै दुई महिना पुगेको छ। लामो समय लकडाउन हुँदा उद्योग व्यवसाय ठप्प छन्। पर्यटन क्षेत्र, उत्पादन क्षेत्र, सेवा क्षेत्र, कृषि क्षेत्र सबै बन्द छन्। कृषिमा पनि पुष्प व्यवसायमा सबैभन्दा धेरै असर परेको छ। दुई महिना यता फुल विक्री नभएको पुष्प व्यवसायीहरु बताउँछन्। बजारमा फुलको माग नै नभएपछि दैनिक 1 करोड रुपैयाँ भन्दा बढीको नोक्सानी भइराखेको फ्ल्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो।

6 अर्ब 50 करोड रुपैयाँ भन्दा बढी लगानी रहेको यस क्षेत्रमा बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरु धेरै छन्। अध्यक्ष कसजुले व्यवसाय नै ठप्प भएपछि बैंकले समेत सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले ऋण उठाउने समय अवधिलाई एक वर्ष थप्नु पर्ने, व्यवसायलाई बचाउनका लागि पुर्नकर्जाको व्यवस्था हुनुपर्ने बताउनुभयो।

पुष्प व्यवसायमा पनि कट फ्लावर व्यवसायमा सत प्रतिशत क्षति भएको व्यवसायीहरु बताउँछन्। विक्रीका लागि तयार भएको कट फ्लावरले बजार पाउन नसक्दा पूर्ण रुपमा नष्ट भएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...