काठमाण्डौँ, 19 मई 2020
आर्थिक वर्ष 2077/78 को नीति तथा कार्यक्रम संघीय संसद्को प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। जेठ 2 गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएलगत्तै बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममाथि सांसद डा. मीनेन्द्रप्रसाद रिजाल, दुर्गा पौडेल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए। सभामुख फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिँदा उनीहरुले प्रस्ताव फिर्ता नलिएपछि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
नीति तथा कार्यक्रम पारित भएसँगै प्रतिनिधि सभाको अर्को बैठक 2077 साल जेठ 13 गते दिउँसो 1 बजे बस्नेगरी स्थगित भएको छ।









































