Homeसमाचारनेजसले हैदराबादमा चर्को भाडा नलिन बस संचालकसित गर्यो सहमति, सीमासम्मको भाडा तय

नेजसले हैदराबादमा चर्को भाडा नलिन बस संचालकसित गर्यो सहमति, सीमासम्मको भाडा तय

नयाँ दिल्ली डेस्क, 26 मई 2020

रोजगारीका लागि अन्यत्र पलायन भएका प्रवासी मजदूरहरु लकडाउनपछि अहिले घर फर्किरहेका छन । छिमेकी देश भारत आएका हजारौं नेपालीहरु पनि अहिले जसोतसो गरि नेपाल फर्किरहेका छन । तर 2 महिनाभन्दा धेरै रोजगारविहीन भएकाहरुलाई अहिले चर्को गाडी भाडा घर जान छेकिरहेको छ । कयौं नेपालीहरु जसरी भएपपनि घर पुगेपछि सबै समस्याको समाधान हुन्छ भन्ने सोचाई राखेर बसको चर्को भाडा तिरेर फर्किरहेका छन भने कयौं नेपाली त्यती भाडा तिर्न नसक्ने भएकाले आफुरहेकै स्थानमा दुख पाउन बाध्य भएका छन । भारतको राजधानी दिल्लीसहित नेपालीहरु रोजगारीका लागि गएको मुम्बई, गुजरात, हैदराबाद, हरियाणा, पंजाब लगायतका स्थानबाट नेपालको सीमासम्म पुर्याउने सबै बस सञ्चालकहरुले अहिले त्यही गरिरहेका छन । भारतमा रहेका विभिन्न दलका जनवर्गीय संगठन र सक्रीय नेपाली सामाजिक संगठनले दवाब दिने हो भने नेपालीहरुलाई थोरै भएपनि राहत मिल्ने देखिएको छ ।

यही क्रममा नेपाली जनसम्पर्क समिति दक्षिण-पश्चिम क्षेत्र भारतले एक पहलको शुरुवात गरि बस सञ्चालकहरुसित सहमति गरि निश्चित भाडा लिन भनेको छ । अहिले धेरैजसो बेरोजगार नेपालीहरु घर फर्किरहेको र उनिहरुसँग चर्को भाडा लिइएको गुनासो आएपछि हैदराबादबाट नेपालको गौरिफण्टा र रुपैडिया नाकासम्म बस सेवा दिइरहेको शाह ठूर एण्ड ट्राभल्ससित सहमति गरेको हो । नाकासम्म पुर्याएको साढे 6 हजारसम्म रुपैया लिने गरेकोमा अब उपरान्त स्लीपर लक्जरी बस Non A/C  मा 4 हजार 4 सय र A/C को 4 हजार 9 सय तय गरिएको छ । नेपाली जनसम्पर्क समितिले हैदराबादमा समस्यामा परेका नेपालीहरुलाई स्थानिय तहसँग समन्वय गरि नेपाल फिर्ता पठाइरहेको नेपाली जनसम्पर्क समिति क्षेत्रीय महासचिव एवं मिडिया प्रभारी देबेन्द्र बहादुर बोगटीले बताउनु भएको छ । अहिलेसम्म हैदराबादबाट 12 वटा जति बसहरु नेपालका लागि गइसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...