HomeFeatureरुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै माइतीघरमा...

रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाण्डौ, 26 मई 2020

पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रर्दशनमा नेपाली कांग्रेसका पूर्व सांसद राजिवविक्रम शाही र दलित आयोगका पूर्व सदस्य मञ्जित ताम्राकार लगायतको उपस्थिति रहेको थियो । अहिलेको २१ औं सताब्दीमा पनि जातिय विभेदका नाममा हुने यस्ता अमानविय घटनाहरुको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् । दलित आयोगका पूर्व अध्यक्ष ताम्राकारले मृतकलाई शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने र पीडकलाई कडा कारवाही गर्नुपर्ने बताउनुभयो ।

पूर्व सांसद राजीव विक्रम शाहीले राज्यका हरेक निकायमा सम्पूर्ण जातजातिको समान सहभागिता हुनेगरी संविधानमा उल्लेख भएपनि अझै समुदायस्तरमा चेतनाको कमिका यस्ता घटनाहरु हुने गरेको बताउनुभयो । ग्रामिण क्षेत्रमा जातिय विभेद विरुद्धका अभियानहरु सरकारले सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्नुभयो ।

शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हामफाल्दा मृत्यु भएको छ । तीन जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...