नयाँ दिल्ली, 4 जून
भारतमा अलपत्र परेका नेपालीहरूका लागि विभिन्न 20 वटा नाका प्रवेश बिन्दु खुला रहेकाे भारतस्थित नेपाली राजदूतावासले जनाएकाे छ। विभिन्न बाध्यात्मक कारणहरूले स्वदेश फर्कनै पर्ने नेपाली नागरिकहरूका लागि 20 वटा प्रवेश नाका खुला रहेको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ।
सकभर महामारीकाे याे स्थितिमा यात्रा नगर्न र सामाजिक दूरी कायम राखेर सचेतनापूर्वक बस्न सुझाव दिँदै दूतावासले यदि फर्कनै पर्ने अवस्था भएमा सावधानी अपनाएर सूचनामा उल्लेखित नाकाबाट प्रवेश गर्न सकिने जनाएको छ।
दूतावासले सीमा प्रवेश बिन्दु पार गरेपछि ताेकिएकाे हाेल्डिङ सेन्टरमा रहेर निश्चित प्रक्रिया पूरा गरेपछि निश्चित समय क्वारेन्टिन बस्न समेत अनुराेध गरेकाे छ।










































