HomeFeatureदिल्लीका सीमाहरु भोलीदेखि खुल्दै, भोलीदेखिनै मल, रेष्टुरेण्ट र पूजा स्थल पनि खुल्ने

दिल्लीका सीमाहरु भोलीदेखि खुल्दै, भोलीदेखिनै मल, रेष्टुरेण्ट र पूजा स्थल पनि खुल्ने

नयाँ दिल्ली, 7 जुन 2020

भारतको राजधानी दिल्‍लीका सीमाहरु भोलीदेखि खोलिने भएका छन। भोलीदेखिनै दिल्लीमा मल, रेष्टुरेण्ट र पूजा स्‍थल पनि खुल्नेछन । मुख्‍यमन्त्री अरविन्द केजरीवालले कोरोना महामारी चलिरहेका बेला राष्‍ट्रीय राजधानीका अस्‍पतालहरुमा केवल दिल्‍लीका वासिन्दाहरुको मात्रै उपचार गरिने बताउनुभएको छ ।

पत्रकारहरुलाई जानकारी दिँदै केजरीवालले दिल्‍लीका अस्‍पतालहरुमा रोगीहरुको उपचारको मुद्दामा मानिसहरुले राज्‍य सरकारलाई 7 लाख सुझाव दिएको पनि बताउनुभयो । केजरीवालले राज्‍य मन्त्रीमण्डलले मानिसहरुको सुझाव र सरकारद्वारा गठित विशेषज्ञ समितिसँग छलफल गरेपछि सो फैसला गरेको बताउनुभयो । इन्द्रप्रस्‍थ विश्‍वविद्यालयका कुलपति डाक्‍टर महेश वर्माको अध्‍यक्षतामा गठित विशेषज्ञ समितिले आफ्नो रिपोर्टमा दिल्‍लीलाई यो महीनाको अन्त्यसम्म कोरोना संक्रमित रोगीहरुको उपचारका लागि करीब 15 हजार अतिरिक्‍त बेडको आवश्‍यकता पर्ने भनिएको उहाँले बताउनुभयो । समितिले शहरमा स्‍वास्‍थ्‍य सुविधाहरु दिल्‍लीका वासिन्दाहरुका लागि आरक्षित हुनुपर्ने पनि सिफारिस गरेको छ । समितिका अनुसार यदि सरकार गैर-वासिन्दाहरुलाई अस्‍पतालमा भर्ना गर्ने अनुमति दिन्छ भने बेडहरु तत्काल भरिनेछन ।

केजरीवालले वरिष्‍ठ नागरिक र अन्‍य रोगले ग्रसित रोगीहरुलाई घरमा रहन सुझाव दिएका छन । कोरोना महामारीलाई ध्यानमा राख्दै उनिहरुले विशेष ख्याल राख्नुपर्ने आश्‍यकता भएको केजरीवालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...