HomeFeatureप्रधानमन्त्री केपी ओलीद्वारा संसदमा संविधान संशोधन प्रस्तावमा देखिएको एकताप्रति आभार प्रकट

प्रधानमन्त्री केपी ओलीद्वारा संसदमा संविधान संशोधन प्रस्तावमा देखिएको एकताप्रति आभार प्रकट

काठमाण्डौ, 10 जुन 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा संसदमा देखिएको एकताप्रति आभार प्रकट गर्नुभएको छ । बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उहाँले मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुबाट असाधारण राष्ट्रिय एकता देखिएको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभएको हो । दलिय व्यवस्था र संसदीय अभ्यासमा राष्ट्रिय एकताका परिस्थितिहरु कहिलेकाही मात्रै देख्न पाईने भन्दै उहाँले राष्ट्रिय समस्यासंग जुध्न र साझा चुनौतिको सामना गर्न संसद जिम्मेबार र एकताबद्ध भएर हिड्न तयार र सक्षम छ भन्ने कुराको संदेश दिएको भन्दै उहाँले संसदमा उपस्थित राजनीतिक दल र सांसहरुप्रति धन्यवाद र आभार व्यक्त गर्नुभयो । साथै नेपाली भूमि र भूमि माथिको न्यायोचित हक अधिकार र हक स्थापित गर्ने साझा विषयमा संसदबाहिर देखिएको एकताप्रति पनि उहाँले सबैप्रति आभार र धन्यवाद व्यक्त गर्नुभयो । पुर्खाले लडेर बचाएको देश भएकाले वर्तमान अवस्थमा राष्ट्रियताको विषयमा अडिन सक्नुपर्ने र त्यसका लागि सबैको ऐक्यवद्धता प्राप्त राम्रो विषय भएको बताउनुभयो । उहाँले राष्ट्रियताको सवालमा कसैलाई देवकत्वकरण गर्ने भन्ने सवाल नै नभएको भन्दै उहाँले लामो समय देखि जनस्तरबाट उठेको राष्ट्रियताको सवालमा फलाकिलो भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । साझा विषय बनाएर सबैको एकताका साथ गरिने कामको जस सबैलाई जाने बताउनुभयो । उहाँले भन्नुभयो “कसैले जस पाउला कि भनेर चिन्ता गर्नुपनि पर्दैन को जसबाट छुट्ला कि भन्ने चिन्ता मान्नु पर्दैन । ”

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...