नयाँ दिल्ली, 26 जुन 2020
भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारतबीचको सम्बन्ध कसैले तोड्न नसक्ने बताउनुभएको छ । भारतीय जनता पार्टीको ‘जन संवाद’ कार्यक्रमअन्तर्गत उत्तराखण्डका कार्यकर्तालाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले धार्चुलाबाट लिपुलेक हुँदै मनोसरोवरलाई जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भएको भन्दै त्यसको समाधान सम्वादबाटै हल गरिने बताउनुभयो । रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोजिने स्पष्ट गर्नुभएको छ । उहाँले नेपालसँग भारतको सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक मात्र नभई आध्यात्मिक सम्बन्ध पनि रहेको भन्दै भारतीयको मनमा कहिल्यै पनि नेपालको विषयमा कुनै प्रकारको कटुता पैदा हुन नसक्ने बताउनुभयो । उहाँले गोरखा रेजिमेन्ट सेनाले समय समयमा आफ्नो शौर्यको परिचय दिने गरेको भन्दै उहाँले नेपालसँगको सम्बन्ध टुट्न नसक्ने बताउनुभयो । नेपालमा नयाँ नक्सालाई वैधानिकता दिनका लागि प्रतिनिधिसभाबाट नक्सा छाप सम्बऩ्धि दोस्रो संशोधन विधेयक पारित भएपछि भारतले त्यसलाई गलत भन्दै आएको छ । तर पछिल्लो 2 विवादलाई संवादबाट समाधान गरिनुपर्नेमा जोड दिदैँ आएको छ ।









































