HomeFeatureकोरोना रोकथामका लागि सरकार असफल भएको नेपाली काँग्रेसको दावी, व्यापक भष्ट्राचार भएको...

कोरोना रोकथामका लागि सरकार असफल भएको नेपाली काँग्रेसको दावी, व्यापक भष्ट्राचार भएको निष्कर्ष

काठमाण्डौ, 15 जुन 2020

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकार असफल भएको बताएको छ । काँग्रेस केन्द्रीय समितिले गठन गरेको कोभिड–१९ अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय सरकार कोरोनाको रोकथाम तथा नियन्त्रणमा गम्भिर नभएको बताउनुभयो । उहाँले सरकारले बजेटमा पानी जहाज रेल्वेको कुरा गर्ने तर कोरोना महामारीबाट नागरिकको जीवन सुरक्षाका लागि बजेट छैन भन्ने अभिव्यक्त दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘एकातिर सरकारका अर्थमन्त्री जुन अहिलेको प्राथमिकताको विषय होइन त्यहाँ यति अर्ब र त्यति अर्ब छुट्याउँछु भनेर वहाँ प्रस्तुत हुनुहुन्छ संसदमा, बजेट प्रस्तुत गर्नुहुन्छ । अर्कोतर्फ त्यही अर्थमन्त्री के भन्दै हुनुहुन्छ भने अहिले त मलाई यो साधारण खर्च चलाउन पनि पैसा छैन चालु खर्च चलाउन पनि पैसा छैन भनेको मतलब के हो ? उसो भए त्यो विभिन्न शिर्षकमा पैसा राख्न उहाँले कहाँबाट पूँजीको व्यवस्था गर्नुहुन्छ ? ।’

कोभिड १९ बाट जीवन बचाउन पहिलो प्राथमिकता र बेरोजगारी समस्या दोस्रो समस्या हुनुपर्नेमा सरकार गलत बाटो तर्फ उन्मुख भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘कोभिड १९ बाट जीवन बचाउने प्राथमिकता नम्बर एक स्वास्थ्यको, नम्बर दुई यो बेरोजगारीबाट लकडाउनको कारण उद्योग व्यवसाय बन्द भएको कारण जुन आर्थिक जीवन ठप्प भएको छ । पर्यटन ठप्प भएको छ । विदेशी रेमिटेन्स घटेको छ । त्यो अवस्थामा के गर्नुपर्ने हो । सरकारको प्राथमिकता के हुनुपर्ने हो । कसरी न्यूनतम रोजगारी सिर्जना गर्ने, कसरी नागरिकको दैनिक जीवनलाई सम्बोधन गर्ने, उनीहरको न्यूनतम खान पाउने हकलाई बाँच्ने हकलाई सुनिश्चित कसरी गर्ने भन्नेमा ध्यान दिनुपर्ने होइन ? त्यसमा पनि फेरी वहाँहरु बेखबर हुनुहुन्छ ।’

सहमहामन्त्री महतले विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्कन चाहने नागरिकको अधिकारमाथि पनि सरकारले खेलवाड गरेको बताउनुभयो । सरकारले उद्धार गर्छौं भन्ने तर महँगो भाडादर निर्धारण गरेर अप्ठेरोमा परेको नागरिकलाई उद्धार गर्ने विषयमा सरकार असंवेदनशिल भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘स्वदेश फर्किन चाहन्छ, अकिार हको उनीहरुको । त्यसमा पनि सरकार अति असम्वेदनशिल देखियो कि अव हामी ल्याउँछौं उद्धार गर्छौं भन्यो । अहिले त पहिलाको मोल भन्दा तीन गुणा बढी मोल तिर्नुपर्छ । यो के विडम्बना हो । कस्तो खाले संवेदनशिल सरकार हो ।’

कांग्रेसले गठन गरेको कोभिड १९ अनुगमन समितिले विभिन्न समस्याहरुलाई १४ वटा बुँदामा समेटेर सरकारको ध्यानाकर्षण समेत गराएको छ । अनुगमन समितिले असुरक्षित क्वारेन्टाइनहरु बन्द गरी सुरक्षित र मापदण्ठ अनुसारका क्वारेन्टाएनहरुको व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ । यस्तै आरडिटी परीक्षण बन्द गरी स्वास्थ्य र दक्ष जनशक्तिको उचित व्यवस्थापन गर्दै पीसीआर प्रविधिबाट परीक्षण बढाउन माग गरेको छ । खाद्यन्न र न्यूनतम आम्दानीको अभावबाट गुज्रिरहेका श्रमिकहरु, दैनिक ज्यालादारीमा निर्भर श्रमिकहरु, शहर केन्द्रीत विद्यार्थीहरु, एकल महिला, अपाङ्गता र अशक्त नागरिकहरु, बालबालिका तथा ज्येष्ठ नागरिक सबैको न्यूनतम आवश्यकता पुरा गर्न आर्थिक प्याकेजको व्यवस्था गर्न समेत ध्यानाकर्षण गराएको छ । विदेशबाट फर्कन चाहने नेपालीलाई विना भेदभाव न्यूनतम भाडा दरमा र्फकने व्यवस्था गर्न, कृषि क्षेत्रमा विउविजन र रायासयनक मलको व्यवस्था गर्न, स्थानीय निकायलाई क्वारेन्टाइनको व्यवस्था गर्न आर्थिक सहयोग गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै सरकारले १० अर्ब खर्च देखाएको र सरकारी निकायहरुबाट अलग अलग तथ्याङ्क आएको बताउँदै कोभिड १९ रोकथामको कार्यमा व्यापक भष्ट्राचार भएको निष्कर्श समेत निकालेको छ । सरकारले सत्ताको नजिक रहेकालाई मात्रै लकडाउनमा पास वितरण गर्ने र आपतकालिन परिस्थितिमा पनि आवतजावत पास दिन आनाकानी गर्ने प्रवृति देखिएको अनुगमन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...