काठमाडौ, 19 जुन 2020
आज कतारबाट 20 जना नेपालीको शव सहित ४३ जना नेपाली नेपाल आइरहेका छन । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २० जना नेपालीको शव सहित ४३ जना नेपालीहरुलाई कतार सरकारले नेपाल पठाउन लागेको हो । उनिहरु कतार एयरलाइन्सको उडानबाट नेपालीहरु आफ्नो देश फर्किन लागेका हुन् ।
कोरोनाको कहर बढ्दै गर्दा र यसको प्रभावले धेरै नेपालीहरुको अवस्था नाजुक बन्दै गएको देखेर कतार सरकारले नेपाल पठाउन लागेको हो ।
कतार एयरलाइन्समा कपिलवस्तु, सर्लाही, सिराहा, लमजुङ, बाँके, सप्तरी, मोरङ, भोजपुर, सुर्खेत, बर्दियाबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुको शव नेपाल आउन लागेको छ ।
त्यस्तै शुक्रवार नै साउदी अरब, युएई र कुवेतबाट समेत चार वटा शव नेपाल आउंदैछन् । जजिरा एयरलाइन्सले कुवेतबाट, हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट शव नेपाल ल्याउदै छन् ।









































