कालेबुङ, 20 जुन, शान्ति ठटाल
कालेबुङ जिल्ला प्रमुखले 38 नम्बर सम्ष्टी अन्तर्गत लाभा नजिकैको परेङ खोलाको परिभ्रमण गरेकी छिन। सो खोलाको पुल अबको 10/15 दिनमा मान्छे हिड्न सक्ने बन्नेछ।
स्मरण रहोस्, त्यस ठाउँमा स्थानीय मानिहरूले आफ्नै परिश्रममा पूल बनाएका थिए। यो गोर्खे पूललाई 17 देखि 19 जूनसम्म लगातार परेको बर्खे झरीले बगाएको थियो।
यो क्षेत्रका मानिसहरूको विकल्पको रुपमा रिनक, सिक्किमको बाटो प्रयोग गरिन्थ्यो। तर उक्त बाटोलाई सीमा क्षेत्रमा सिक्किम सरकारले बन्द गरेको छ। जिल्लाधीशका साथमा कालेबुङ खण्ड दुइका खण्ड विकाश अधिकारी, कार्यकारी सहअभियन्ता थुपदेन भुटिया अनि 38 नम्बर समष्टिका अध्यक्ष रणजीत राई पनि उपस्थित थिए। राईले पूल निर्माणकार्यलाई यथाशीघ्र गराउन जीटीए प्रमुख अनित थापाले ठूलो प्रयास गरेको भन्दै त्यसका लागि काम गरेर कहिले नथाक्ने थापालाई समष्टिको पक्षबाट आभार व्यक्त गरेका छन्।









































