HomeFeatureनागरिकता विधेयक नसच्याए आन्दोलन गर्ने राजपाका सासंदहरुको चेतावनी

नागरिकता विधेयक नसच्याए आन्दोलन गर्ने राजपाका सासंदहरुको चेतावनी

काठमाण्डौ, 23 जुन 2020

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको कडा विरोध गरेका छन् । मधेश विरोधी निर्णय सरकारले गरेको उल्लेख गर्दै सांसदहरुले विधेयक नसाच्याए सदन र सडकबाट आन्दोलन सुरु हुने चेतावनी समेत दिएका छन् । २०६३ सालमा भएको सहमति अनुसार ६ महिनाभित्र अंगीकृत नागरिकता पाउने प्रवाधान राखिएपनि अहिले सरकारले सहमति उलंघन गरेर मधेशसँगको सम्बन्ध तोड्न खोजेको राजापा सांसद महिन्द्र राय यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘भारतसँग विशेष सम्बन्ध छ । रोटी बेटीको सम्बन्ध छ । ७ वर्षको समय तोकिएको छ । यसमा सरकारले गम्भिरताका साथ छलफल गरेर सहमतिको वातावरण बनाउन सकिन्छ । भएन भने सडक देखि सदनसम्म आन्दोलनमा जाउ भन्न खोजेको हो ? नेपाल भारतसँगको सहमति तोड्न चाहान्छ । मधेशसँगको सम्बन्ध तोड्न चाहान्छ । मधेशमा आन्दोलनको संकेत देखिएको छ । यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।’’

अर्का सांसद प्रदीप यादवले सरकारले मधेशमाथि ठूलो अन्याय गरेको बताउनुभयो । भारतीय चेलीहरुका कारण कुन चाही दुर्घटना घटेर संसदीय समितिले यस्तो निर्णय ग¥यो भन्दै उहाँले प्रश्न गर्नुभयो । सरकारले मधेशी जनतालाई तार्गेट गरेर मधेशको जमिन नेपालको तर जनता भारतीय भएको भन्ने महशुस गराएको उहाँले बताउनुभयो । निर्णय मधेश विरोधी भएको उल्लेख गर्दै उहाँले निर्णय नसच्चिए सदन र सडकमा विद्रोह हुने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...