HomeFeatureभारतको चेन्नईमा 20 नेपालीहरु कोरोना भाईरसले संक्रमित, एक नेपाली महिलाको मृत्यु

भारतको चेन्नईमा 20 नेपालीहरु कोरोना भाईरसले संक्रमित, एक नेपाली महिलाको मृत्यु

चेन्नई, 28 जुन 2020

भारतको तमीलनाडु राज्यको चेन्नईमा (कोभिड-19) कोरोना भाईरसका कारण एक नेपाली महिलाको ज्यान गएको छ । चेन्नईमा ब्यूटी पार्लर चलाउँदै आएकी काठमाण्डौकी एक 50 वर्षीय महिलाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको हो । चेन्नईमा अहिले 20 जना नेपालीहरु कोरोना भाईरसबाट संक्रमित रहेका छन । उनिहरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालका अनुसार चेन्नईमा अहिले 21 जना कोरोना संक्रमित समाजको सम्पर्कमा आएका छन । त्यसमध्ये ब्युटी पार्लर संचालन गर्दै आएकी 1 महिलाको गत बुधवार मृत्यु भएको छ । 20 जना अझै कोरोनाबाट संक्रमित छन । अहिले चेन्नई महानगरको एगमोर, पोरुल, कोटुरपुरम, केके नगर, प्यारीस चेटपेट र रायपेटा क्षेत्रमा काम गर्ने 20 मजदूरहरु कोरोनाले संक्रमित छन । उनिहरुको विभिन्न सरकारी अस्पतालमा उपचार चलिरहेका बस्यालले नेशनल लाईवलाई जानकारी दिनुभएको छ ।

नेपालमा कोरोनाका कारण 28 जनाको ज्यान गइसकेको अवस्थामा भारतका विभिन्न शहरमा पनि कम्तिमा 10 जना नेपालीको यस भाईरसबाट मृत्यु भइसकेको छ । अहिलेसम्म भारतको महाराष्ट्र, दिल्ली र दक्षिण भारतका कयौं शहर लगायतमा कम्तिमा पनि 10 नेपालीहरु कोरोनाबाट ज्यान गएको जानकारी पाइएको छ ।

नेपालमा अहिलेसम्म 12 हजार 7 सय 72 जना कोरोनाले संक्रमित भएपनि नेपाल बाहिर पनि ठूलो संख्यामा नेपालीहरु यस महामारीले संक्रमित रहेका छन । भारतमा कोभिड 19 को संक्रमण लगातार बढ्दै गर्दा भारतमा रोजगारीका लागि बसेका नेपालीहरु पनि संक्रमित भइरहेका छन । यद्धपी लकडाउन खुकुलो भएपछि लाखौं नेपालीहरु नेपाल फर्किसकेको भएपनि जिविकोपार्जनमा समस्या नभएका धेरै नेपालीहरु अझै कर्मथलोमै छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...