गुवाहाटी, 29 जुन 2020
भारतको पूर्वोत्तर राज्य असममा बाढी पहिरोका कारण अहिलेसम्म 21 जनाको मृत्यु भएको छ । भीषण वर्षाका कारण कयौं जिल्लाहरु प्रभावित हुँदा अहिलेसम्म 9 लाख 26 हजार मानिसहरु प्रभावित भएका छन । बाढीका कारण धेमाजी, लखीमपुर, विश्वनाथ, उदालगुडी, दराङ, नलबारी, बारपेटा, बोङ्गाईगाँउ, कोक्राझार, धुबरी, दक्षिण सलमारा, गोतपाडा, कामरुप, मोरीगाँउ, होजाई, नौगाँउ, गोलाघाट, जोरहाट, माजुली, शिवसागर, डिब्रुगढ. तिनसुकियास र पश्चिम कार्बीआङलोङ लगायतका 23 जिल्लाहरुमा बाढीले जनजीवन कष्टकर भएको छ । बाढीका कारँ करिब 27 हजार मानिसहरुलाई विभिन्न 133 राहत शिविरहरुमा राखिएको छ । NDRF र SDRF का टीमहरुले प्रभावित क्षेत्रहरुमा राहत उद्धारको काम गरिरहेका छन । केन्द्र सरकारका तर्फबाट गृहमन्त्री अमित शाहले राज्यका मुख्यमन्त्री सर्वानन्द सोनोवाललाई बाढीको स्थितिको नीरिक्षण गर्न आह्वान गर्नु भएको छ भने बाढीसँग लड्न राज्यलाई सम्भावित हरेक प्रकारको सहयोग गर्ने आश्वासन दिनुभएको छ । असममा हरेक वर्षायाममा बाढी पहिरोका कारण ठूलो क्षति हुने गर्दछ ।









































