HomeFeatureएमसीसी र भ्रष्टाचारविरुद्ध विभिन्न समुहद्वारा काठमाडौंमा प्रदर्शन

एमसीसी र भ्रष्टाचारविरुद्ध विभिन्न समुहद्वारा काठमाडौंमा प्रदर्शन

काठमाण्डौ, 1 जुलाई 2020

एमसीसी, भ्रष्टाचार र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समुहले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतिघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति २०७७ को आयोजनामा विभिन्न समुहले संयुक्त नागरिक खबरदारी सभाको आयोजना गरी विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा एमसीसी, भ्रष्टाचार, बेथिति, बैंकको ब्याज र किस्ता, पीसीआर टेस्टमा बेथिति बढेको भन्दै प्रदर्शनकारीहरु विभिन्न नारा लेखिएका पम्पप्लेट सहित सडकमा उत्रिएका थिए । उनीहरुले ‘सरकार हामीलाई गरि खान देउ’, ‘लकडाउन अवधिको घरभाडा छुट गरीपाउँ’, ‘नो एमसीसी’, ‘एमसीसी चाहिदैन लागू गर्न पाइदैन’, ‘पीसीआर परीक्षण गर्न पाउनु हाम्रो स्वास्थ्य सम्बन्धी अधिकार हो’, ‘सार्थक लोकतन्त्र बिना कुनैपनि राष्ट्र बन्दैन’, ‘सलुन खोल्न देउ’, ‘नागरिक आयोग गठन गर’ लगायत लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारीहरु उभिएका थिए । उनीहरुले एमसीसी खारेज गर्न, बैंकको ब्याज घटाउन, पीसीआर टेस्ट बढाउन, भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै नाराबाजी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...