HomeFeatureआज के-के भयो नेकपाभित्रको विवादमा, शीर्ष नेताहरुबिच मतभिन्नता यथावत

आज के-के भयो नेकपाभित्रको विवादमा, शीर्ष नेताहरुबिच मतभिन्नता यथावत

काठमाण्डौ, 2 जुलाई 2020

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा बढेको विवाद समाधानका लागि आज कसरत जारी रह्यो। पार्टी गम्भीर सङ्कटको मोडमा पुग्न लागेको चिन्तासहित एकता बचाउन प्रयास भइरहेको छ । नेताहरुबिचको प्रयासका वावजुद शीर्ष नेताहरुबिचको मतभिन्नता यथावत रहेको बुझिएको छ । प्रधानमन्त्रीको राजीनामा माग गरिएपछि नेकपाभित्र विवाद समाधानका लागि कसरत जारी रहेको छ । आज भएका प्रयासका बारेमा बताउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहिबार बसेको स्थायी कमिटीको बैठकमा सरकार र पार्टीको समन्वय अभावमा एकता गम्भीर सङ्कटको मोडमा पुगेको भन्दै एकतालाई हरहालतमा रक्षा र सुदृढ गर्न आह्वान गरिएको बताउनुभयो।

के-के भए दिनभरि

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बस्ने तयारी भएका बेला मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक पनि बोलाइएपछि बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीलाई फोनगरि स्थायी कमिटीको बैठकलाई निरन्तरता दिन र तत्काल मन्त्रिपरिषद्को बैठक नराख्न आग्रह गरेपनि प्रधानमन्त्री ओलीले सङ्घीय संसद्को् चालू अधिवेशन अन्त्यको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको बताउनुभएको थियो ।

आज बसेको स्थायी कमिटीको बैठकमा अघिल्लो दिनकै विषयवस्तुमा नेताहरुले धारणा राखेपछि मन्त्रिपरिषद् बैठक हुने समय भएकाले सो बैठकमा मन्त्री रहेका स्थायी कमिटीका सदस्यहरु गएका थिए । केहीबेरमै मन्त्रिपरिषद् सम्पन्न भई संसद्को चालू अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको जानकारी आएपछि बैठकमा सो विषय उठेपछि छलफल अघि बढ्न सकेन । त्यहीबीचमा अध्यक्ष प्रचण्डले सचिवालय सदस्य र अन्य सदस्यका बीचमा सामूहिक र व्यक्तिगत छलफल गर्नुभएको थियो।

अध्यक्ष दाहालको राष्ट्रपतिसँग भेट

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश पुनः ल्याउने हो कि भन्ने चर्चा चलेपछि अध्यक्ष दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेर जानकारी गराउनुभएको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच बिहानको समझदारीविपरीत मन्त्रिपरिषद्को बैठक भएको र संसद् अधिवेशनको अन्त्यको विषय तथा अध्यादेश ल्याउने तयारीका सम्बन्धमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि व्यक्त गर्नुभएको थियो। जवाफमा प्रधानमन्त्री ओलीले तत्काल अध्यादेश ल्याउने योजना नरहेको सुनाएका थिए । शीतल निवासबाट फर्केपछि दिउँसो साढे ४ बजे भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले ती विषयमा जानकारी गराउँदै अर्को बैठक यही असार २० गतेका लागि निर्धारण गर्नुभएको थियो। कार्यव्यस्तताका कारण प्रधानमन्त्री ओली बिहिबारको पार्टीको बैठकमा उपस्थित हुनु भएन।

श्रेष्ठले नेताहरुबीच अनौपचारिक छलफल र सहमतिको प्रयासका लागि शुक्रबारका बैठक नराखी शनिबार ११ बजे तोकिएको बताउनुभयो।

प्रधानमन्त्रीको राजीनामा माग गरिएको विषयमा सोधिएको जिज्ञाशामा प्रवक्ता श्रेष्ठले बैठकमा विभिन्न कोणबाट पार्टी र सरकारलाई सफल बनाउने, देशलाई अस्थिरतातर्फ लान नदिने विषयमा छलफल जारी रहेकाले निष्कर्ष आएपछि मात्रै भन्न सकिने स्पष्ट गर्नुभयो।

स्थायी कमिटीका सदस्य केशव बडालले अहिलेको विवाद इगोका कारण भएको बताउनुभएको छ । बालुवाटारबाट निस्कने बेला नेता बडालले महाधिवेशनसम्म 2 अध्यक्षले सहमति नभइ केही काम नगर्ने सहमति भएपनि अहिले 2 अध्यक्षलाई निर्णय गर्ने नदिने कुरा आएपछि समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको राजीनामाबारे बोल्दै त्यो कसैका लागि राम्रो नहुने संकेत गर्नुभयो ।

सरकार हटाउन छिमेकी भारत र नेताहरूको भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री एवं अध्यक्ष ओलीले गत आइतबार दिएको अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदनका विषयले जारी स्थायी कमिटीको बैठकमा प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...