HomeFeatureसंसद चालु अधिवेशन बिहीबारदेखि अन्त्य, हेर्नुहोस्, यो अधिवेशनमा के-के भए काम

संसद चालु अधिवेशन बिहीबारदेखि अन्त्य, हेर्नुहोस्, यो अधिवेशनमा के-के भए काम

काठमाण्डौ, 2 जुलाई 2020

संसद अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको हो । बैशाख २६ गतेबाट सुरु भएको बजेट अधिवेशन बिहीबार अपराह्न ५ बजेटबाट अन्त्य भएको जानकारी राष्ट्रपतिले संघीय संसदलाई गराउनुभएको छ । ‘‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७ असार १८ गतेको सिफसिरिमा संघीय संसदको दुबै सदनको चालु अधिवेशन २०७७ असार १८ गते बिहीबारका दिन अपराह्न ५ बजेबाट अन्त्य गरेको छु ।’’ राष्ट्रपतिले संसदमा पठाएको पत्रमा उल्लेख गरिएको छ ।

बिहीबार दिउँसो १ बजेट राष्ट्रियसभा बैठक चलिरहेकै बेला मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । अधिवेशन अन्त्य हुनेभएपछि राष्ट्रियसभाको दोस्रो बैठक आजै साढे २ बजे बसेको थियो । सो बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाउनुभएको थियो । कोरोना संक्रमणको जोखिमकै बीच सुरु भएको बजेट अधिवेशनबाट सरकारले नीति तथा कार्यक्रम, बजेट र केही विधेयकहरु पारित गरेको छ । केही विवादित विषयहरु (एमसीसी, नागरिकता विधेयक र निजामति विधेयक) का विषयमा यहि अधिवेशनमा छलफल भएर टुंगो लाग्ने विश्वास गएिको थियो । प्रधानमन्त्रीले प्रतिनिधिसभाका सभामुखसँग समेत कुनै परामर्श नगरी बैठक स्थगित गर्नुभएको हो । प्रतिनिधिसभाको बैठक असार २२ गतेका लागि बोलाइएको थियो । संसद सचिवालयले सूचना जारी गर्दै आजबाट संसद अधिवेशन स्वत अन्त्य हुने भएकाले २२ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक समेत स्वतः अन्त्य भएको जानकारी गराएको छ ।

 

संसदको छैटौं (बर्षे) अधिवेशनबाट १० वटा विधेयकहरु पारित भएका छन् । संसदको कुल २६ वटा बैठक बसेको थियो । संसदले गरेका मूख्य कार्यहरुमा संविधान संसोधन विधेयक सर्वसम्मतीले पारित, विनियोजन विधेयक र आश्रीत विधेयकहरु पारित, कोरोना महामारीबाट बच्न अपनाइएको अभूतपूर्व सावधानी र चुस्त व्यबस्थापन, कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा पनि सदन सञ्चालन, कोरोना परिक्षण नगरिएका कसैलाई पनि प्रवेश नदिइएको, स्वास्थ्यका विषयमा विशेष सतर्कता अपनाईएको र कार्यव्यबस्था परामर्श समितिको बैठक मार्फत दलहरुसंग परामर्श रहेका छन् ।

 

२०७६ वैशाख २५ गते यता संघीय संसदले निर्वाह गरेको मुख्य कार्यहरु

 

क. २०७७ बैशाख २५ गते संघीय संसद भवन स्थित ल्होत्सेहलमा सम्माननीय सभामुख, शीष नेताहरु लगाएत उपलब्ध माननीय सदस्यहरुको पि सि आर परिक्षणका लागि स्वाव संकलन ।

 

ख. २०७७ बैशाख २६ गते दिनको ४ बजे संघीय संसद छैटौं अधिवेशन सुरु

 

ग. २०७७ जेठ २ गते सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा संसदको सयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ।

 

घ. २०७७ जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट पेश

 

ङ. २०७७ जेठ २६ गतेको बैठकबाटरुकुम जिल्लाको सोती घटना छानविन गर्न मा. देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन

 

२०७७ जेठ ३१ गते प्रतिनिधि सभाबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक दुई तिहाई बहुमत भन्दा बढी मतबाट पारित

 

२०७७ असार ४ गते प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीद्वारा प्रतिनिधि सभामा उत्पत्ति भएको “नेपालको संविधान (दोस्रोसंशोधन) विधेयक, २०७७” राष्ट्रिय सभाबाट पारित भएको सन्देशको जानकारी

 

२०७७ असार ४ गते सम्माननीय सभामुखज्यूले विधेयक प्रमाणीत  गरि सम्माननीय राष्ट्रपति समक्ष प्रमाणीकणका लागि पेश

 

२०७७ असार ४ गते सम्माननीय राष्ट्रपतिद्वारा “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” विधेयक प्रमाणिकरण ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...