HomeFeatureयुवा जनशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभाव पऱ्योः गृहमन्त्री रामबहादुर थापा

युवा जनशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभाव पऱ्योः गृहमन्त्री रामबहादुर थापा

काठमाण्डौ, 7 जुलाई 2020

गृहमन्त्री रामबहादुर थापाले युवा जनशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभाव परेको बताउनुभयो । समाजको र राष्ट्रको विकासका लागि युवाहरुको अग्रणी भूमिका हुनेभएपनि लागू औषध सेवनले प्रभाव परेको उहाँले बताउनुभयो । लागू औषध प्रयोगकर्ताको सर्वेक्षण प्रतिवेदन २०७६ सार्वजनिकीकरण कार्यक्रममा गृहमन्त्री थापाले युवाशक्ति सबल, सक्षम र स्वस्थ भए समाज र राष्ट्रको विकासमा अग्रणी भूमिका खेल्ने बताउनुभयो । प्रयोगकर्ताहरुको जीवनरक्षाका लागि यसको रोकथाम अनिवार्य भएको उहाँले बताउनुभयो । मानव सभ्यता र संस्कृतिको रक्षा, समाज र राष्ट्र विकासका लागि लागू औषध नियन्त्रण जरुरी रहेको उहाँले बताउनुभयो ।

गृहमन्त्री थापाले विश्वमहामारीका रुपमा फैलिएको कोरोना जस्तै लागू औषध प्रयोगकर्ताहरु रहेको बताउनुभयो । कोरोना जस्तै संक्रामक रोगको रुपमा यो फैलिदै गएको उल्लेख गर्दै थापाले यसको नियन्त्रणका लागि एकतावद्ध भएर योजनावद्ध रुपमा लगाडी बढ्नुपर्ने संकल्प लिनुपर्ने बताउनुभयो । मन्त्रालयले योजना नै बनाएर लागू औषध विरुद्धको अभियान सुरु गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...