HomeFeatureट्याक्सी सञ्चालन गर्न दिन संसदीय समितिद्वारा सरकारलाई निर्देशन

ट्याक्सी सञ्चालन गर्न दिन संसदीय समितिद्वारा सरकारलाई निर्देशन

काठमाण्डौ, 8 जुलाई 2020

आवश्यक मापदण्ड पुरा गरी ट्याक्सी सञ्चालन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन सरकारले आफैले तयार पारेको मापदण्ड अनुसार विभिन्न पेशा व्यवसाय सञ्चालन भएको अवस्थामा आवश्यक मापदण्ड पुरा गरी ट्याक्सी सेवा सञ्चालन गर्न समितिले निर्देशन दिएको हो । बुधबार सार्वजनिक यातायात सँग सम्बद्ध सरोकारवालाहरुको छलफलपछि विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले बताउनुभयो । देशको अर्थतन्त्रलाई चलायमन बनाउन पनि सेवा सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले तयार गरेको मापदण्ड अनुसार लक डाउनको अवधिमा पनि केही पेशा व्यवासाय सञ्चालन गरेकाले सोही मापदण्ड पुरा गरी अर्थतन्त्रलाई चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावत थप सहजता प्रदान गर्न सार्वजनिक यातायात सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइन्छ ।’’

लकडाउनका कारण चैत ११ गतेबाट सार्वजनिक यातायातहरु बन्द रहेका छन् । समितिमा भएको छलफलमा सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुले लकडाउनका कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्या गर्ने अवस्था समेत सिर्जना भएको गुनासो गरेका थिए । अहिलेको अवस्थामा बैंकहरुको ऋण तिर्न समेत समस्या भएकोल तर्फ सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । सार्वजनिक यातायात सञ्चालनका लागि मन्त्रालय, सीसीएमसी लगायतका सरोकारवालासँग बिहीबार छलफल गर्ने तयारी समितिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...