नयाँ दिल्ली, 10 जुलाई 2020
भारतमा जम्मु कश्मीरको नौशेरा क्षेत्रको राजौरी जिल्लामा सीमा रक्षामा खटिएका एक नेपाली गोर्खा सैनिक शहीद भएका छन । रक्षा प्रवक्ता कर्नेल देवेन्द्र आनन्दले शुक्रवार एक वक्तव्य जारी गर्दै पाकिस्तानले युद्धविराम उल्लंघन गरेपछि भारतीय सेनाका जवान हवल्दार सम्बर गुरुङको मृत्यु भएको भनिएको छ । उनि गुल्मीका स्थायी बासिन्दा थिए । नौशेरा क्षेत्रस्थित नियन्त्रणमा रेखामा पाकिस्तानी सेनाले गरेको गोलीबारीका कारण गम्भीर घाइते भएका सम्बर गुरुङको उपचारका क्रममा निधन भएको हो ।
वक्तव्यमा सम्बर गुरुङ बहादुर र उच्च प्रेरणादायी जवान भएको भन्दै उनको सर्वोच्च बलीदानीलाई देशले सँधै स्मरण गरिरहने भनिएको छ ।
एक महिनाअघि मात्रै जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवलदार दीपक कार्कीको मृत्यु भएको भएको थियो।









































