HomeFeatureप्रदेश र जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन सेन्टरमा स्वास्थ्य प्रमुखहरुलाई समावेस...

प्रदेश र जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन सेन्टरमा स्वास्थ्य प्रमुखहरुलाई समावेस गरिने

काठमाण्डौ, 10 जुलाई 2020

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले प्रदेश र जिल्ला स्तरिय क्राइसिस म्यानेजमेन्ट सेन्टरको संरचनामा स्वास्थ्य प्रमुखहरुलाई समावेस गर्ने निर्णय गरेको छ । सीसीएमसी निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रदेश र जिल्ला स्तरिय क्राइसिस म्यानेजमेन्ट सेन्टरमा सम्बन्धीत स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई समावेस गर्ने निर्णय गरेको छ । बैठक पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले प्रदेश र जिल्ला स्तरिय सीसीएमसीमा सम्बन्धित प्रदेशको स्वास्थ्य प्रमुख र जिल्लाको स्वास्थ्य प्रमुखलाई समावेस गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको बताउनुभयो । यस्तै बैठकमा अहिले सम्म तेस्रो मुलुक र भारतबाट आउने व्यक्तिहरुको वस्तुस्थितिको बारेमा छलफल भएको थियो । विदेशबाट आउने व्यक्तिको व्यवस्थापन व्यवस्थित गर्न र समन्वय गर्न काठमाडौं उपत्यकाको हकमा नगरपालिकाको सञ्जालका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई बैठकमा आमन्त्रण गर्ने निर्णय भएको समेत सचिव गुरागाईंले बताउनुभयो । नेपालमा लगानी गरेका लगानीकर्ता वा तीनका प्रतिनिधि, नेपालमा शाखा खोलि कारोबार गरिरहेका वहुराष्ट्रिय निगमका वयवस्थापक कर्मचारी, अन्तर्राष्ट्रिय गैह्र सरकारी संघसंस्थाका प्रमुख वा कर्मचारीहरुलाई नेपालमा आउनलाई स्वीकृति दिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय समेत बैठकले गरेको छ ।  यस्तै जुलाई १२ तारिक सम्म उद्दारका उडानहरु भइराखेकोमा एक हप्ता सम्मको उडानका तालिकाहरु स्वास्थ्य, तथा जनसंख्या मन्त्रालय, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गरेर उडान तालिका प्रकाशन गर्ने निर्णय भएको सचिव गुरागाईंले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...