काठमाण्डौ, 10 जुलाई 2020
शुक्रबार नेपालमा १ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशका विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा १ सय १८ जना संक्रमित थपिएका हुन् । आजमात्रै काठमाडौं उपत्यकामा ४२ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको हो । आजसम्म जम्मा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभयो । शुक्रबार पीसीआर विधिबाट ४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा। देवकोटाले बताउनुभयो । देशभरीका क्वारेन्टिनमा २३ हजार ९ सय १० जना रहेका छन् । विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । शुक्रबार १ सय २० जना गरी आजसम्म ८ हजार ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।









































