HomeFeatureहाम्रो स्वाभिमान ट्रस्टले वर्चुअल रुपमा मनायो भानु जयन्ति, अनलाईन कविता वाचन प्रतियोगिता...

हाम्रो स्वाभिमान ट्रस्टले वर्चुअल रुपमा मनायो भानु जयन्ति, अनलाईन कविता वाचन प्रतियोगिता आयोजना

नयाँ दिल्ली, 12 जुलाई 2020

हाम्रो स्वाभिमान ट्रस्टले आइतवार आदिकवि भानुभक्त आचार्यको 206 औं जन्मजयन्ति मनाएको छ । भानु जयन्तिका अवसरमा हरेक वर्ष वृहत रुपमा कार्यक्रम गर्दै आएको ट्रस्टले यसपाली भने कोभिड-19 प्रकोपका कारण भर्चुअल रुपमा कार्यक्रम गरेको हो । जन्मजयन्तिका अवसरमा राष्ट्रीय स्तरको कविता वाचन प्रतियोगिता गरिएको थियो। विहान 10 बजेबाट शुरु भएको यस कार्यक्रममा भारतका विभिन्न क्षेत्रबाट मानिसहरु सहभागि भएका थिए । जुम मिटिङ मार्फत गरिएको यस कार्यक्रमलाई विभिन्न फेसबुक पेजहरुबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

कविता वाचन प्रतियोगिता विभिन्न उमेर समूहमा विभाजन गरि गरिएको थियो । जस मध्ये 10 वर्षसम्मको समूहमा दिल्लीकी अनुष्का भण्डारी प्रथम भएकी छिन भने नोएडाकी गौरवी कार्की द्वितिय भएकी छिन र सोही समूहमा असमका अविनाश भण्डारी तृतिय भएका छन ।

त्यसैगरि 11 वर्षदेखि 15 वर्ष उमेर समूहमा असमका ध्रुवराज भट्टराई प्रथम, असमकै शाश्वत उपाध्याय द्वितिय र सिलिगुडीका आर्यन खवास तृतिय भएका छन ।

र 16 वर्षदेखि 20 वर्ष उमेर समूहमा दार्जीलिङका पार्थक दियाली प्रथम, दार्जीलिङकै प्रतिमा भुजेल द्वितिय र सिलिगुडीकै लमस गुरुङ तेस्रो भएका छन ।

यस कार्यक्रममा नेपाली साहित्यिक जगतका श्रष्टा लगायतका नेपाली भाषीहरु जोडिएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...