HomeFeatureविश्वमा कोरोना संक्रमितको संख्या 1 करोड 32 लाख नाघ्दा नेपालमा 17 हजार...

विश्वमा कोरोना संक्रमितको संख्या 1 करोड 32 लाख नाघ्दा नेपालमा 17 हजार नाघ्यो

काठमाण्डौ, 14 जुलाई 2020

विश्वभरि 1 करोड 32 लाख 67 हजार 250 भन्दा धेरै मानिसहरु कोरोना भाईरसबाट संक्रमित भइसकेका बेला नेपालमा कोरोना संक्रमितको संख्या 17 हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ सय १६ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या 17 हजार 61 पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालका आइसोलसनमा 6 हजार 6 सय 95 जना संक्रमित उपचाररत रहेका छन् । मंगलबार 34 जना डिस्चार्ज भएसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या 10 हजार 3 सय 28 पुगेको छ । यस्तै 4 हजार 3 सय 61 जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म 2 लाख 93 हजार 7 सय 39 जनाको पीसीआर परीक्षण भएको छ । देशभरीका विभिन्न क्वारेन्टिनहरुमा 24 हजार 7 सय 16 जना रहेका छन् । नेपालमा कोरोनाबाट 38 जनाको मृत्यु भएको छ ।

विश्वभरि अहिलेसम्म 5 लाख 76 हजार 316 जनाको ज्यान गइसकेको छ भने सबैभन्दा धेरै अमेरिकामा 34 लाख 80 हजार 59 जना संक्रमित भएका छन भने 1 लाख 38 हजार 273 जनाको मृत्यु भइसकेको छ । त्यसपछि दोस्रो नम्बरमा ब्राजिल रहेको छ । ब्राजिलमा 18 लाख 88 हजार 889 जना संक्रमित भएका छन भने 72 हजार 950 जनाको मृत्यु भएको छ । त्यसपछि भारत तेस्रो स्थानमा रहेको छ । भारतमा 9 लाख 11 हजार 629 जना संक्रमित भएका छन भने 23 हजार 788 जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...