HomeFeatureनेकपा विभाजन हुने हल्लाको पछि नलाग्न परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

नेकपा विभाजन हुने हल्लाको पछि नलाग्न परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

काठमाण्डौ, 18 जुलाई 2020

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीभित्र देखिएको आन्तरिक विवादलाई लिएर देशका केही शक्तिले नेकपा विभाजन हुने भो भन्ने भ्रम फैलाइएकाले हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ। नेकपाको आन्तरिक विवाद छलफल र वार्ताबाटै समाधान हुने दाबी गर्दै जनताले दिएको जिम्मेवारीबाट कोही पनि पछाडि हट्न नमिल्ने र पार्टीभित्र देखिएको समस्यालाई छलफलबाट समाधान गरी पार्टी एक ढिक्का भएर जाने उहाँले बताउनुभयो।

हिमालयन एअरलाइन्सले गुल्मी जिल्लाको लागि प्रदान गरेको ‘पीसीआर’ मेसिन हस्तान्तरण कार्यक्रममा शनिबार उहाँले पार्टी जोगाउनका लागि कोहीपनि जिम्मेवारी बोधबाट पन्छिएर दायाँ–बायाँ लाग्न नमिल्ने बताउनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले पार्टीमा उत्पन्न विवाद प्रतिलक्षित गर्दै भाँडाहरु एक ठाउँमा राखेपछि कहिले–काहीँ बज्ने बताउनुभयो ।

उहाँले नेकपाको एकता मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता र राष्ट्रियताको लडाइँजस्ता धेरै कुरासँग जोडिएको स्पष्ट पार्नुभयो ।

अर्को प्रसङ्गमा परराष्ट्रमन्त्रीले भारतद्वारा मिचिएको नेपाली भूमिलाई फिर्ता ल्याएरै छाड्ने दाबी गर्नुभयो। भारतले एकतर्फी रुपमा नेपालको भूमिलाई समेटेर नयाँ नक्सा जारी गरेको र कूटनीतिक तबरबाट सीमा विवादलाई हल गर्न पहल गर्दासमेत भारतले गम्भीरताका साथ नलिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...