HomeFeatureएयरलाइन्सहरुको उडान संचालन गर्ने तयारी तीव्र, पुरानै भाडा र सुरक्षित यात्रामा ध्यान

एयरलाइन्सहरुको उडान संचालन गर्ने तयारी तीव्र, पुरानै भाडा र सुरक्षित यात्रामा ध्यान

काठमाडौं,23 जुलाई 2020

सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेसँगै एयरलाइन्सहरुले आन्तरिक तयारी तीव्र पारेका छन। लक डाउन अघिकै टिकट मूल्य र सुरक्षित तरिकाले उडान भर्न एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका छन। संक्रमणको जोखिम रहेकै अवस्थामा सञ्चालन हुने हवाई सेवालाई सुरक्षित बनाउन एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका हुन। यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न आग्रह गर्नुभयो। सम्पूर्ण सुरक्षाका उपाय आफुहरुले अपनाएकाले ढुक्क भएर यात्रा गर्न उहाँले आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘प्यासेन्जर ढुक्क भए हुन्छ। सुरक्षाका सम्पूर्ण उपाय अपनाएका छौँ। मास्क, स्यानिटाइजर, डिसइन्फेक्सन भएको जहाजमा चढ्दा कोभिडको हिसाबले कुनै असुरक्षा हुने अवस्था छैन।’ कोभिड अगाडीको अवस्था भन्दा अहिले १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको छ।

सुरक्षा जाँच देखि लिएर सम्पूर्ण प्रोटोकल पुरा गर्न समय लाग्ने भएकाले पहिलेको समयभन्दा १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको हो। यात्रुहरुले कोभिड अगाडी कै मूल्यमा विमानमा यात्रा गर्न पाउने उहाँले बताउनुभएको छ। यति एयरलाइनले व्यावसायिक उडानका लागि बुकिङ खुलाएको छ। साथै तारा एयरको बुकिङ खुला गरिएको छ। आगामी भदौ १ देखिको बुकिङ खुला गरेको उहाँले बताउनुभयो। विमानमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने, चेक इन गर्दा १ सय दशमलव ४ डिग्री भन्दा बढी तापक्रम भएमा यात्रा प्रतिबन्ध लगाइने गरि यसअघि नै प्राटोकल बनिसकेको छ । कोभिडसँग सम्बन्धित कुनै पनि लक्षण देखिएमा यात्रा गर्न नपाइने भएको छ। यस्तै विमानभित्र यसअघि उपलब्ध सम्पूर्ण सेवाहरु निषेध गर्दै सौचालय प्रयोगमा पनि पूर्ण निषेध गरिएको छ। यात्रुहरुले विमान चढ्नुअघि अनिवार्य एयरलाइन्सले उपलब्ध गराएको स्यानी टाइटर प्रयोग गर्नुपर्ने छ। कुकुर विरालो जस्ता कुनै पनि घर पालुवा जनावर ओसार पोसार गर्न पाइने छैन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...