HomeFeatureसितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जना पक्राउ

सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जना पक्राउ

काठमाडौं 24 जुलाई 2020

काठमाडौंको सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बिहीबार साँझ करिब ८ बजेटतिर युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धानको टोलीले गएराति नै पक्राउ गरेको थियो। पक्राउ परेका रौतहटको लक्ष्मीपुर घर भइ डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। आलम डल्लुमा गारमेन्ट सञ्चालन गरेर बस्दै आएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार पीडित युवतीका दिदि सोही गारमेन्टमा काम गर्दै आएकी थिइन।

पीडित युवति पवित्रा कार्कीले पनि केही समय सोही गारमेन्टमा काम गरेका कारण उनीहरुको पहिले देखि चिनजान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अभियुक्त आलमले युवतीलाई आफ्नो प्रभावमा पारेर अनुचित व्यवहार गर्न खोजेको अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो। अहिले युवती खतरामुक्त छिन। यद्यपी चोट भने गम्भिर रहेको छ । उनको कीर्तिपुरमा उपचार भइरहेको छ । लक डाउन खुलेपछि आपराधिक घटना बढ्न सक्ने भन्दै उपत्यकामा व्यापक प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । नागरिकको सहयोगले मात्रै यस्ता घटनाहरु नियन्त्रण गर्न सकिने भएकाले प्रहरीलाई सहि सूचना दिएर सहयोग गर्न उहाँले सबैमा आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...