HomeFeatureसाधारणसभा स्थगित भएकोमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको असन्तुष्टि

साधारणसभा स्थगित भएकोमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको असन्तुष्टि

काठमाडौं 24 जुलाई 2020

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाउनुभएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षका प्रत्यासी समेत रहनुभएका ढकालले कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै असन्तुष्टि जनाउनुभएको हो। उहाँले साधारणसभा गर्न सक्ने अवस्था नभए कार्यसमितिको बैठक बोलाई निर्णय गर्ने समय हुँदाहुँदै कार्यसमितिको अधिकारलाई कुल्चिने काम भएको बताउनुभयो। यसले महासंघमा गलत प्रवृति विकास भएको र स्यालले कुखुरा लाग्यो भन्ने भन्दापनि स्याल पल्कियो भन्ने कुराले पिरोलेको उहाँले बताउनुभयो। साधारणसभा स्थगित गरेर अर्को मिति तय नगरिदा कानूनी मात्र नभई नैतिक र सामाजिक जग समेत कमजोर भएको ढकालले बताउनुभयो।

उहाँले साढे पाँच दशक पुरानो संस्था इतिहासमै कमजोर भएको टिप्पणी समेत गर्नुभयो। जटिल परिस्थितिमा महासंघलाई सबल, सक्षम र डाइनामिक नेतृत्व आवस्यकता रहेको भन्दै आवाज उठाउँदा पदमा पुग्न हतार गरेको आरोप आफुमाथि लागेको ढकालले बताउनुभयो। उहाँले कोभिड १९ को महामारीको अवस्थामा महासंघका आन्तरिक र संस्थागत गतिविधि सञ्चालन गर्दा सरकारसँग सहमति लिनु आवश्यक भएकाले साधारणसभाका लागि सरकारलाई निवेदन दिएको तर सरकारको जवाफ नआउँदै अनिश्चित कालका लागि धकेल्ने निर्णय हुनु दुःखद भएको बताउनुभयो। कोभिडका कारण गत चैतमा साधारणसभा हुन नसकेपछि महासंघले साउन २६ र २७ गते गर्ने निर्णय गरेको थियो। महासंघको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको जोखिम अझैपनि रहेको भन्दै देशमा पूर्ण रुपमा सबै क्षेत्र खुलेपछि मात्रै साधारणसभा गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...