HomeFeatureभारतको चेन्नईमा एक हप्तामा तीन नेपालीद्वारा आत्महत्या, बेरोजगारीका कारणले थिए तनावमा

भारतको चेन्नईमा एक हप्तामा तीन नेपालीद्वारा आत्महत्या, बेरोजगारीका कारणले थिए तनावमा

चेन्नई, 24 जुलाई 2020

दक्षिण भारतमा एक हप्ताको अवधिमा लकडाउनका कारण बेरोजगार भएका ३ जना नेपाली श्रमिकहरुले आत्महत्या गरेका छन् । लकडाउनका कारण जीवनापन गर्न असहज भएपछि चेन्नईका विभिन्न स्थानमा बस्ने नेपालीहरुले आत्महत्या गरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एंव  दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालले बताउनुभयो ।

चेन्नईमा बस्दै आएका अन्नपूर्ण गाउँपालीका ७ सल्यान, कास्कीका स्थायी वासिन्दा ६२ बर्षका ललीत बहादुर क्षेत्री लकडाउनले वेरोजगार भएपछि २२ जुलाईका दिन चेन्नईको तालम्पुर भन्ने ठाउँमा रूखमा झुण्डीएर आत्महत्या गरेको बताइएको छ ।

उनको मृत्यको खबरपछि  मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व नगर समितिको पहलमा कानूनी तथा हस्पिटल सम्बन्धि सम्पूर्ण प्रकृया पुरा गरि २३ जुलाई २० का दिन आफन्तजन र संगठका कार्यकर्ताहरूको उपस्थितमा अन्तिम संकार गरिएको थियो ।

निजको आत्माको शान्तिका लागि मूल प्रवाह नगर समितिको पहलमा शोकसभाको आयोजना गरिएको थियो ।

अर्को घटना चेन्नईको तेनाम्पेटमा भएको थियो । त्यहाँ परिवारसहित बस्दै आएका 37 वार्षका कुस्मा नगरपालिका 3 दुर्लुङ पर्बतका भवानी प्रसाद पौडेलले १७ जुलाईका दिन बाथरूममा झुण्डीएर आत्महत्या गरेका थिए ।

त्यस्तै चेन्नई पेरम्बुरमा रहँदै आएका कुस्मा नगरपालिका ६ चुवा पर्बतका हिमाल दर्जीका छोरा २२ वर्षका अनिल दर्जीले पनि बेरोजगारीका कारण तनावमा आएर २१ जुलाईका दिन आफ्नै कोठामा झुण्डीएर आत्महत्या गरेका हुन । निज दुबै जनाको दाहसंस्कार प्रवासी नेपाली संघ भारत चेन्नई नगर समिति र आफन्तजनको उपस्थितिमा गरिएको बताइएको छ ।

वैश्विक महामारी कोरोना कारण सबैलाई समस्या उत्पन्न भएपनि एकदिन अवश्य कोरोना महामारी हराएर जाने भन्दै भारतमा रहेका विभिन्न संघ-संगठनहरुले सकारात्मक सोचका साथ तनावबाट बच्न र आत्महत्या जस्तो कायरतापूर्ण निर्णय नगर्न भारतमा रहने नेपालीहरुलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...